जनार्दन बराल

सन् २०१५ को विश्व समृद्धि सूचकांकका अनुसार भारतभन्दा नेपाल समृद्ध देखिएको छ । बेलायतको लेगाटम इन्स्टिच्युटले हालै सार्वजनिक गरेको लेगाटम समृद्धि सूचकमा समेटिएका विश्वका १ सय ४२ मुलुकमध्ये नेपाल ८९औँ स्थानमा छ । भारत नेपालभन्दा १० स्थान तल ९९औँ स्थानमा छ । सम्पत्ति र जनकल्याणसम्बन्धी विभिन्न आधारमा समृद्धि सूचक हरेक वर्ष प्रकाशित हुँदै आएको छ । नेपाल अघिल्लो वर्षको भन्दा ७ स्थान माथि उक्लँदै ८९औँ स्थान ओगट्न सफल भएको छ । समृद्धि सूचकका अनुसार दक्षिण एसियामा नेपाल श्रीलंकापछिकै दोस्रो समृद्ध मुलुक हो । नेपालभन्दा माथि रहेको श्रीलंका ६१औँ स्थानमा छ । त्यस्तै, भारत ९९औँ, बंगलादेश १०३औँ, पाकिस्तान १३०औँ र अफगानिस्तान १४१औँ स्थानमा छन् ।
अफगास्तिान सबैभन्दा पुछारभन्दा एक स्थान मात्रै माथि छ । भुटान र माल्दिभ्सलाई यो सूचकमा समावेश गरिएको छैन । समृद्धि सूचकमा अर्थतन्त्र, शासनव्यवस्था, उद्यमशीलता एवं अवसरको प्राप्ति, शिक्षा, स्वास्थ्य, सुरक्षा, व्यक्तिगत स्वतन्त्रता, सामाजिक पुँजीजस्ता उपसूचक समावेश छन् । यी सूचकमध्ये व्यक्तिगत स्वतन्त्रतामा नेपालको अवस्था अत्यन्तै राम्रो देखिएको छ । यो उपसूचकमा नेपालको स्थान विश्वमा ५८औँ छ । त्यस्तै, सुरक्षाका दृष्टिले नेपाल ७५औँ स्थानमा पर्न सफल भएको छ भने उद्यमशीलता र अवसरको प्राप्तिका दृष्टिले नेपाल सबैभन्दा कमजोर अर्थात् १०३औँ स्थानमा रहेको छ । समृद्धि सूचकका आधारमा सबैभन्दा समृद्ध देश नर्वे रहेको छ भने सबैभन्दा पुछारमा सेन्ट्रल अफ्रिकन रिपब्लिक छन् । दोस्रोदेखि १०औँ सम्म क्रमश: स्विजरल्यान्ड, डेनमार्क, न्युजिल्यान्ड, स्विडेन, क्यानडा, अस्ट्ेरेलिया, नेदरल्यान्ड, फिनल्यान्ड र आयरल्यान्ड परेका छन् ।
नयाँ पत्रिका, काठमाडौं, २१ कात्तिक
http://www.enayapatrika.com/2015/11/36487#sthash.6jP2QBQC.dpuf

सन् २०१५ को विश्व समृद्धि सूचकांकका अनुसार भारतभन्दा नेपाल समृद्ध देखिएको छ । बेलायतको लेगाटम इन्स्टिच्युटले हालै सार्वजनिक गरेको लेगाटम समृद्धि सूचकमा समेटिएका विश्वका १ सय ४२ मुलुकमध्ये नेपाल ८९औँ स्थानमा छ । भारत नेपालभन्दा १० स्थान तल ९९औँ स्थानमा छ । सम्पत्ति र जनकल्याणसम्बन्धी विभिन्न आधारमा समृद्धि सूचक हरेक वर्ष प्रकाशित हुँदै आएको छ । नेपाल अघिल्लो वर्षको भन्दा ७ स्थान माथि उक्लँदै ८९औँ स्थान ओगट्न सफल भएको छ । समृद्धि सूचकका अनुसार दक्षिण एसियामा नेपाल श्रीलंकापछिकै दोस्रो समृद्ध मुलुक हो । नेपालभन्दा माथि रहेको श्रीलंका ६१औँ स्थानमा छ । त्यस्तै, भारत ९९औँ, बंगलादेश १०३औँ, पाकिस्तान १३०औँ र अफगानिस्तान १४१औँ स्थानमा छन् ।
नयाँ पत्रिका, काठमाडौं, २१ कात्तिक
http://www.enayapatrika.com/2015/11/36487#sthash.6jP2QBQC.dpuf
No comments:
Post a Comment