Sunday, August 21, 2011

आर्थिक चिन्तनमा छैनन् धेरै पूर्वअर्थमन्त्रीहरु

नेपालमा अहिलेसम्म २७ जनाले अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । २००७ सालमा राणाशासनको अन्त्य भएपछि बनेको मन्त्रिमण्डलमा सुवर्णशमशेर जबरा नेपालको पहिलो अर्थमन्त्री भएका थिए । हालसम्म अर्थ मन्त्रालयको नेतृत्व गर्नेमध्ये १६ जना जीवित छन् २०४३ देखि ०४६ सम्म अर्थमन्त्री बनेका भरतबहादुर प्रधानको स्थिति जानकारीमा आएन । २००८ सालमा सुवर्णशमशेर जबराले नेपालको इतिहासमा पहिलोपटक बजेट प्रस्तुत गरेका थिए । वास्तवमा त्यही नै योजनाबद्ध खर्च-आम्दानीको पहिलो व्यवस्थित दस्तावेज थियो । पहिलो बजेट आएको यो ६० वर्षको अवधिमा देशले चार किसिमका शासन व्यवस्था अँगालेको छ बजेट पनि त्यहीअनुरुपका नै आएका छन् । २००७ देखि २०१९ सालसम्म अर्थ मन्त्रालय सम्हाल्नेहरु कोही पनि जीवित छैनन् । २०१९ सालमा अर्थमन्त्री बनेका सूर्यबहादुर थापा अहिले पनि सकि्रय राजनीतिमा छन् । त्यसपछि बनेका केही अर्थमन्त्रीहरुको मृत्यु भइसकेको छ आफ्नो कार्यकालमा चर्चित केही चर्चाविहीन छन् भने केहीको अहिले पनि उत्तिकै चर्चा चल्ने गरेको छ । केही अर्थमन्त्रीले शुरु गरेका नीति तथा कार्यक्रमले अहिले पनि निरन्तरता पाएका छन् भने कुनैको चर्चा नै छैन । यसरी कुनै समय देशको अर्थतन्त्रलाई नेतृत्व प्रदान गरेका जीवित पूर्वअर्थमन्त्री के गर्दै छन् उनीहरु आफूले प्रस्तुत गरेको बजेटलाई कुन रुपमा मूल्याङ्कन गर्छन्  प्रस्तुत छ जनार्दन बराल र मोहन बास्तोलाको रिपोर्ट



सूर्यबहादुर थापा
राजनीतिमा अझै सकि्रय
२०१९ सालमा पहिलोपटक अर्थमन्त्री बनेका थापाले २०२१ सालपछि प्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाले । उनी ६ वर्षसम्म उक्त जिम्मेवारीमा रहे । ुत्यसबीचमा मैले चार-पाँचपटक बजेट प्रस्तुत गर्ने अवसर पाएँ हुँलाु उनले स्मरण गरे । मुलुकको आर्थिक अवस्था अत्यन्त कमजोर रहेका बेला अर्थमन्त्री बनेका थापा अनावश्यक खर्चको कटौती गरेर विकास निर्माणका कामलाई बढी प्राथमिकता दिएको बताउँछन् ।

८४ वर्षीय थापा अहिले राष्ट्रिय जनशक्ति पार्टीको अध्यक्ष छन् । उनी हाल पार्टी काम विशिष्ट व्यक्ति र कार्यकर्ताको भेटघाटमा बढी समय दिन्छन् । दैनिक ९ देखि ११ बजेसम्म आफ्नै निवाससँग जोडिएको बहिनी माजु थापाको घरमा बिताउँछन् । विशिष्ट व्यक्तिबाहेक अरुसँग भेटघाट पनि उनी बहिनी माजुको घरमा नै गर्छन् । निरोगी थापाका लागि खसीको मासु वर्जित छ तर कुखुरा र माछामा उनको औधी रुचि छ । थापाको घरबाहिर निस्कने समय दुई बजेपछि मात्र हो ।

सुरेन्द्रबहादुर बस्नेत
आकाशको व्यवसाय 
२०२५ सालमा अर्थमन्त्री बनेका बस्नेतले बजेट घोषणा गर्ने अवसर पाएनन् । उनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्र त्यति सहज थिएन । त्यसअघि सूर्यबहादुर थापाले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । थापाको पालामा भारतीय र नेपाली रुपैयाँको भ्यालु बराबर बनाइएको थियो जसका कारण आयात-निर्यातमा समेत समस्या उत्पन्न भएर अर्थतन्त्रमा नै तहसनहस हुने खतरा थियो । करीब ६ महीना अर्थमन्त्री बनेका उनलाई तत्कालीन समयमा बिगि्रएको मुलुकको अर्थतन्त्रलाई सुधार गरेको जस जान्छ ।
पचासीको वयमा हिँडिरहेका बस्नेत अझै पनि सकि्रय व्यवसाय गरिरहेका छन् । उनी बुद्ध एयरको कार्यकारी अध्यक्ष हुन् । भगवान्प्रति अगाध आस्था राख्ने बस्नेतले दैनिक पूजा गर्नकै लागि घरमा गाई पालेका छन् । जावलाखेलस्थित बुद्ध एयरको कार्यालयको तेस्रो तला उनको कार्यकक्ष हो । रोगको आक्रमणबाट अहिलेसम्म जोगिँदै आएका उनलाई कार्यकक्षसम्म पुग्न साहाराको आवश्यकता पर्दैन ।

कीर्तिनिधि विष्ट
अवकाश जिन्दगी
पाचायत कालमा पटकपटक प्रधानमन्त्री बनेका बिष्टले २०२५ र २०२९ मा छोटो समय अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका थिए । आव २०२९/३० सालमा १ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दा खुशीले उप्रुेको धुमिल सम्झना बिष्टलाई अहिले पनि छ । त्यतिबेला विदेशी सहयोग मृगमरिचिका जस्तै थियो । अहिले विदेशी सहयोगका भरमा खबौर्ंको बजेट निर्माण गर्ने चलन देख्दा दिक्क लाग्छ- उनी भन्छन् । अर्थतन्त्र आत्मनिर्भर बन्न नसक्ने हो भने विकास सम्भव नहुने विष्टको तर्क छ । करीब २ वर्षदेखि क्यान्सर र वषौर्ंदेखि मुटुसम्बन्धी रोगको समस्याले थलिएका बिष्टलाई निराशा र छटपटीले समातेको छ । ज्ञानेश्वरमा बस्दै आएका ८६ वर्षीय विष्ट आफूलाई एक्लो महसूस गर्छन् । सामान्य हिँडडुल गर्ने पत्रपत्रिकामा लेख लेख्ने र आफन्तसँग समय बिताउने विष्टका दिनचर्या हुन् । यसलाई उनी राजनीतिपछिको अवकाश जिन्दगी भन्न रुचाउँछन् ।

भेषबहादुर थापा
अध्ययन-अनुसन्धानलाई प्राथमिकता
२०३१ सालमा अर्थ राज्यमन्त्री बनेका थापा करीब १ वर्षपछि अर्थ र सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरे । उनले लगातार पाँचओटा बजेट प्रस्तुत गर्ने मौका पाए । थापाको कार्यकालमा विश्व आर्थिक प्रशासनलाई नेपालमा लागू गर्ने विकासका लागि विदेशी सहयोग जुटाउनेजस्ता महŒवपूर्ण काम भएका थिए । नेपालको विकासमा सहयोग गर्ने दातृनिकाय ुनेपाल विकास समूह टोकियोुको स्थापना पनि उनकै पालामा भएको थियो । उनले पहिलोपटक आव २०३१/३२ मा रु। १० अर्बभन्दा कमको बजेट प्रस्तुत गरेका थिए भने अन्तिमपटकको बजेट १९ अर्ब रुपैयाँको थियो । भारत र अमेरिकाका लागि पटकपटक गरेर उनी १४ वर्ष राजदूत बने । ७५ वर्षीय थापाले लामो समय नेपाल सरकारको सचिवको पनि जिम्मेवारी सम्हालेका थिए । हाल अध्ययन-अनुसन्धानमा व्यस्त उनी स्वदेशमा रहँदा धेरै समय घरपरिवार र आफन्तसँग बिताउने गर्छन् । विभिन्न कामको सिलसिलामा धेरै समय विदेशमा रहन्छन् उनी । आर्थिक क्षेत्रमा लामो अनुभव सँगालेका थापा आवश्यक परेका बेला राज्यलाई सल्लाह-सुझाव पनि दिने गर्छन् ।

प्रकाशचन्द्र लोहनी
वित्तीय उदारीकरणको बिजारोपण
२०४० साल असारमा अर्थमन्त्री बनेका लोहनीले आव २०४१/४२ को बजेट प्रस्तुत गरेका थिए । वित्तीय क्षेत्रलाई उदारीकरण गर्ने श्रेय उनलाई जान्छ । उनले तत्कालीन बैङ्किङ ऐनमा परिमार्जन गरे र नेपालमा निजीक्षेत्रलाई बैङ्क खोल्ने अनुमति प्रदान गरे । ुनिजी बैङ्क खुले भने राष्ट्रिय बैङ्क डुब्छन् भन्ने मान्यता थियो । तर उद्यमी वर्गको उत्थानका लागि निजीक्षेत्रमा वित्तीय संस्थाको विकास गर्नुपर्छ भन्ने मान्यताका साथ मैले यस्तो नीति ल्याएँ- लोहनी भन्छन् । त्यस्ता संस्थाहरुमा जनस्वामित्व स्थापित गर्न भनेर उनले ३० प्रतिशत शेयर जनतालाई दिनैपर्ने व्यवस्था गरे । उनले त्यस समयमै वित्तीय संस्था ऐन ल्याए धितोपत्र बजार खडा गर्न पूर्वाधार विकासको अवधारणा ल्याए । सरकारी संस्थानहरुको १५ प्रतिशत शेयर निजीक्षेत्रलाई बेच्ने कार्यक्रम उनले घोषणा गरेका थिए तर त्यो अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । २०६१ सालमा ११ महीनाका लागि पुनः अर्थमन्त्री बने । त्यसबेला उनले सार्वजनिक-निजी साझेदारी पीपीपीको अवधारणा शुरुआत गरे ।
हाल राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष रहेका लोहनी व्यवस्थापिका-संसद्को सार्वजनिक लेखा समितिका सदस्य छन् । सबै किसिमका रोगलाई जित्दै आएका उनी मार्शल आर्टका शौखिन खेलाडी हुन् ।

पशुपतिशमशेर जबरा
पार्टी मर्जरमा ध्यान
हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष रहेका जबरा २०४६ साल चैत २४ गते अर्थमन्त्री बनेका थिए । पाचायती शासनका अन्तिम अर्थमन्त्री उनको कार्यकाल करीब १२-१३ दिन मात्र रह्यो । जनआन्दोलन शिखरमा पुगिरहेको बेला तत्कालीन सरकारको ध्यान आन्दोलनलाई कसरी सुरक्षित अवतरण गर्ने भन्ने कुरामा नै बढी केन्द्रित भएकाले अन्य कुरामा सोच्ने फुस्रद नै नभएको जबरा बताउँछन् । राणाशासनका अन्तिम प्रधानमन्त्री मोहनशमशेरका नाति उनको दिनचर्या मुख्य गरेर पार्टी व्यवस्थापनमा नै बित्ने गरेको छ । आफ्नै पार्टीबाट फुटेर बनेको राष्ट्रिय जनशक्ति पार्टीसँग पुनः मिलाप गर्ने योजनामा जबरा केन्द्रित भएका छन् ।

देवेन्द्रराज पाण्डे
अगुवाइ नागरिकको
२०४७ सालमा बनेको अन्तरिम मन्त्रिमण्डलको अर्थमन्त्री बनेका पाण्डेले एउटा मात्र बजेट प्रस्तुत गरेका थिए । प्रजातान्त्रिक समाजवादप्रति झुकाव भएका उनलाई त्यतिबेला नागरिक प्रतिनिधिका तर्फबाट मन्त्रीको जिम्मेवारी दिइएको थियो । उनी त्यस समयमा काङ्ग्रेसनिकट मानिन्थे । उनले आफ्नो पालामा ग्रामीण स्वावलम्बन विकास कोष नागरिक लगानी कोषलगायतको अवधारणा ल्याएका थिए । नागरिक लगानी कोष अहिले पनि साचालनमा छ । नागरिक समाजका अगुवाका रुपमा आफ्नो परिचय बनाएका पाण्डे अहिले अध्ययन-अनुसन्धानमा लागेका छन् । राजनीतिक परिपाटी नसुधि्रने  र कानूनी शासनको प्रत्याभूति नहुने हो भने आर्थिक विकास सम्भव नहुने पाण्डेको धारणा छ । भर्खरै उनले लेखेको पुस्तक लुकिङ एट डेभलपमेण्ट एण्ड डोनस्र प्रकाशित भएको छ ।

महेश आचार्य
आर्थिक उदारीकरणको शुरुआत
२०४८ सालको आम निर्वाचनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा आचार्य अर्थराज्यमन्त्री बनेका थिए । तर अर्थमन्त्रीकै हैसियतमा उनले लगातार चारओटा बजेट प्रस्तुत गरे । पुनः २०५६ सालमा अर्थमन्त्री बनेका उनले लगातार दुईओटा बजेट प्रस्तुत गर्ने मौका पाए । राज्यनियन्त्रित अर्थतन्त्रलाई सरकारी हस्तक्षेपबाट मुक्त गराएर आर्थिक उदारीकरणको शुरुआत गर्ने कार्य उनकै पालामा भएको थियो । सरकारको लगानी ग्रामीण पूर्वाधारको विकासमा खर्च गर्ने उच्च आर्थिक विकास गर्ने साथै गरीबी निवारणका निम्ति प्रोत्साहन गर्ने काम पनि उनकै पालामा भएको थियो । ुमुलुकका राजनीतिक दलले साझा आर्थिक एजेण्डा निर्माण गर्नसक्ने हो भने नेपालले १० वर्षमा आर्थिक विकासमा कायाकल्प गर्न सकिन्छु आचार्यको दाबी छ । नेपाली काङ्ग्रेसको केन्द्रीय समितिमा रहेका उनी अध्ययन अनुसन्धान पार्टी काम र कार्यकर्ता भेटघाटमै व्यस्त हुन्छन् ।

भरतमोहन अधिकारी
बजेटपछि विश्राम
मनमोहन अधिकारीको नेतृत्वमा बनेको नेपालको पहिलो कम्युनिष्ट सरकारको पालामा २०५१ सालमा भरतमोहन अधिकारी पहिलोपटक अर्थमन्त्री बनेका थिए । काङ्ग्रेस सरकारले शुरु गरेको उदारीकरणको नीतिलाई अधिकारीले प्रस्तुत गरेको बजेटले पनि निरन्तरता दियो । उनको आफ्नो गाउँ आफै बनाऊँ कार्यक्रमले नेपालमा वास्तविक विकेन्द्रीकरण लागू गरायो । उनले शुरुमा ७५ वर्ष उमेर कटेकालाई वृद्धभत्ता दिन शुरु गरेर अशक्त नागरिकप्रति राज्यको दायित्व प्रकट गरे । यी दुवै कार्यक्रमलाई त्यसपछिका सरकारले रोक्न सकेनन् र अहिलेसम्म पनि निरन्तर चालू छन् । नौ स कार्यक्रमलाई पनि आफूले शुरु गरेका उल्लेखनीय उपलब्धि ठान्छन् उनी । २०५५ सालमा अधिकारी पुनः अर्थमन्त्री भए । उनी २०६१ सालमा उपप्रधान तथा अर्थमन्त्रीको हैसियतमा प्रस्तुत गरेको बजेटमा गाउँगाउँमा सहकारी-घरघरमा रोजगारी कार्यक्रम परेको थियो जुन अहिलेसम्म पनि जीवित छ । अधिकारी अहिले पनि उपप्रधानमन्त्री तथा अर्थमन्त्री छन् । नेपालमा पहिलोपटक वास्तविक विकेन्द्रीकरण र सामाजिक सुरक्षाको व्यवस्था शुरुआत गरेको बताउने अधिकारीले बजेटमा उत्पादन उत्पादकत्व र रोजगारी वृद्धि गरी नेपाली अर्थतन्त्रको सामाजिक न्यायसहितको विकासलाई अगाडि बढाउने कुरालाई प्राथमिकता दिएका छन् । उनले गएको असार ३१ गते बजेट प्रस्तुत गरे । सहकारी क्षेत्रको विकासमा यो बजेटले विशेष पहल गरेको छ ।

रामशरण महत
फुस्रदको समय गोल्फलाई
पाँचपटक अर्थमन्त्री भएका महतले ६ ओटा बजेट प्रस्तुत गरेका छन् । उनी सम्भवतः सबैभन्दा धेरैपटक बजेट प्रस्तुत गर्ने अर्थमन्त्री हुन् । २०५२ सालमा पहिलोचोटि अर्थमन्त्री बनेका महत आर्थिक उदारीकरण र वित्तीय क्षेत्र सुधारमा सकारात्मक पहल गरेको बताउँछन् । वित्तीय क्षेत्रको सुधार सिक्टा सिँचाइ परियोजना मध्य-पहाडी लोकमार्ग अरुण तेस्रो कालीगण्डकी ए मध्यमस्र्याङ्दीजस्ता जलविद्युत् योजनाको अवधारणा पनि उनकै पालामा आएका हुन् । मूल्य अभिवृद्धिकरको शुरुआत पनि महतकै पालमा भएको थियो । नयाँ कर प्रणालीको शुरुआत राजस्व नीतिमा सुधारजस्ता काम गरेको बताउँछन् उनी । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महत संविधानसभा सदस्यको जिम्मेवारी पनि सम्हालिरहेका छन् ।  उनी व्यवस्थापिका-संसद्को अर्थ तथा श्रम सम्बन्ध समितिको सदस्य छन् । संविधान निर्माण र पार्टी कामबाट फुस्रद मिल्दा उनी गोल्फ खेल्न र अध्ययनमा बिताउन मन पराउँछन् ।

बद्रीप्रसाद श्रेष्ठ
सामाजिक कार्यमा सकि्रयता 
२०५९ सालमा अर्थमन्त्री बनेका उनले बजेट प्रस्तुत गर्ने अवसर पाएनन् । तहस-नहस भएको अर्थतन्त्रलाई आफ्नो पालामा सही ठाउँमा ल्याउन महŒवपूर्ण योगदान गरेको उनी बताउँछन् । वित्तीय सन्तुलन कायम गर्ने काममा पनि उनको भूमिका महŒवपूर्ण रह्यो । उनले अर्थमन्त्री भएको १३ दिनमा नै ुबृहत् आर्थिक सुधार कार्यक्रमु ल्याएका थिए । करीब ११ वर्ष योजना आयोगमा बिताएका श्रेष्ठ २०३१-०३२ सालतिर आयोगको उपाध्यक्षसमेत भएका थिए ।  जापानको राजदूत भएर ६ वर्ष काम गरेका श्रेष्ठले करीब नौ महीना अर्थ मन्त्रालयमा बिताए । श्रेष्ठ अर्थमन्त्री रहेको बेला राजस्व करीब १४ प्रतिशतले वृद्धि भएको थियो । बुटवल पावर कम्पनीलाई निजीकरण गर्ने काम उनकै पालामा भएको थियो । २ वर्षदेखि नसासम्बन्धी रोगले थलिएर बसेका श्रेष्ठ कमै मात्रामा हिँडडुल गर्छन् । अस्वस्थताका कारण खासै धपेटीमा नरहेका उनी नेपाल आँखा अस्पतालको संस्थापक सदस्य हुन् । नेपाल अपाङ्ग सङ्घको पनि उनी संस्थापक नै हुन् । विविध विषयका १२ ओटा पुस्तक लेखिसकेका श्रेष्ठले सम्झना र विचार आत्मवृत्तान्त भर्खर प्रकाशन गरेका छन् । जापानी संस्था ओस्काको नेपाल च्याप्टर अध्यक्ष रहेका उनको नेतृत्वमा मुलुकभर करीब १५ लाख बिरुवा रोपिएका छन् ।


मधुकरशमशेर जबरा
प्राध्यापन र व्यवसाय
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनसत्ता रहेको बेला २०६१ माघमा अर्थमन्त्री बनेका जबराले एउटा मात्र बजेट प्रस्तुत गरेका थिए । उनी करीब ११ महीना अर्थमन्त्री रहे । विदेशीलाई अपार्टमेण्ट खरीदका लागि सहज वातावरण निर्माण गर्ने समुदायमा आधारित विकासमा जोड दिनेजस्ता कार्यक्रमलाई उनले बजेटमा प्राथमिकता दिएका थिए । स्थानीय सरकार नभएको तत्कालीन अवस्थामा ग्रामीण विकासमा टेवा पुर् याउने उद्देश्यले म्याचिङ ग्राण्डको अवधारणा पनि उनकै पालामा  ल्याइएको थियो । 
हाल उनी साउथ एशियन इन्ष्टिच्युट अफ म्यानेजमेण्टमा प्रध्यापनरत छन् । जबराको जावलाखेलमा शालिग्राम अपार्टमेण्ट होटल छ । खेल र अध्ययनमा औधी रुचि भएका उनको दिनचर्या त्यति व्यस्त छैन । उनी नियमित टेनिस खेल्छन् । हाल उनी सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री इस्लामावादको सदस्य तथा एकेडेमिक एडभाइजर छन् । त्यस्तै इण्टरनेशनल एडभाइजरी प्यानल अफ साउथ एशियन पोलिसी रिसर्च इण्ष्टिच्युट कोलम्बोको पनि सदस्य छन् ।

डा रुप ज्योित
व्यवसायमै तनमन 
 
तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते प्रत्यक्ष शासनसत्ता आफ्नो हातमा लिएपछि डा रुप ज्योतिलाई अर्थ सहायकमन्त्री बनाएका थिए । त्यसबेलाका अर्थमन्त्री मधुकरशमशेर जबराका ठाउँमा २०६२ माघमा उनलाई अर्थ राज्यमन्त्रीका रुपमा प्रतिस्थापन गरियो । तर उनी राज्यमन्त्री भएको ३ महीनाकै बीचमा दोस्रो जनआन्दोलन सफल भएपछि उनले बजेट प्रस्तुत गर्न भने पाएनन् ।
डा ज्योति नेपालका प्रतिष्ठित व्यवसायी हुन् । साथै ज्योति ग्रूपका उपाध्यक्ष हुन् ।

डा बाबुराम भट्टराई
प्रधानमन्त्रीको तयारी
संविधानसभाको निर्वाचनमा नेकपा माओवादी सबैभन्दा ठूलो दलका रुपमा स्थापित भएपछि भट्टराईले अर्थ मन्त्रालयको जिम्मेवारी पाए । गणतन्त्र नेपालका पहिलो अर्थमन्त्री भट्टराईले आव २०६५÷६६ को बजेट प्रस्तुत गरे । उनले ठूला पूर्वाधार निर्माण र रोजगारी सृजनामा आफ्नो बजेटलाई केन्द्रित गरे । उनले ुयुवा स्वरोजगार कार्यक्रमु शुरु गरे पनि हालसम्म त्यो कार्यान्वयन हुन सकेको छैन । त्यस्तै सबै गाविसलाई समान अनुदान दिइँदै आएकोमा उनले जनसङ्ख्या लागत र क्षेत्रफलका आधारमा रकम प्रदान गर्ने व्यवस्था ल्याए । गाविसलाई दिने अनुदान रकमलाई ३० लाख रुपैयाँसम्म पुर् याइयो । सम्पत्तिको स्वयम् कर घोषणा गरेका डा। भट्टराई इतिहासमै सबैभन्दा बढी साढे ३३ प्रतिशत राजस्व असुली बढाएर पनि चर्चित भए । ुनेपाललाई सर्पजस्तो घिस्रने होइन भ्यागुतोजस्तो उप्रुने आर्थिक वृद्धि आवश्यक छु भन्ने उनको भनाइ चर्चित छ । एनेकपा माओवादी उपाध्यक्षत्रयमध्ये डा। भट्टराई पनि एक हुन् । एमाओवादीले उनलाई भावी राष्ट्रिय सरकारको प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेको छ । प्रत्येक महीना आफ्नो गृहजिल्ला गोरखा पुग्ने उनी पार्टी काममै व्यस्त छन् ।

सुरेन्द्र पाण्डे 
प्रधानमन्त्रीका अघोषित सल्लाहकार

सुरेन्द्र पाण्डे करीब २१ महीना अर्थमन्त्री बने । उनले तीनओटा बजेट प्रस्तुत गर्ने अवसर पाए । ती तीनओटै बजेट भिन्न प्रकृतिका थिए । उनले आव २०६६-६७ मा पहिलोपटक पूर्ण बजेट प्रस्तुत गरेका थिए । ुदोस्रो एक तिहाइको बजेट ल्याएँ । तेस्रो भने पूर्ण नै ल्याएँ तर अध्यादेशमार्फतु पाण्डेले भने । पाण्डे आफूले प्रस्तुत गरेको बजेट समाजवादउन्मुख भएको दाबी गर्छन् । सामाजिक सुरक्षा करसम्बन्धी व्यवस्था दलित र गैरदलितबीचको विवाहलाई प्रोत्साहन जनताको तटबन्ध कार्यक्रम कर्णालीलगायत पिछडिएका क्षेत्रका सबैलाई पोषणभत्ता कार्यक्रम जनताको आवास मध्य-पहाडी लोकमार्गमा १० ठूला शहर बनाउनेजस्ता योजनालाई पाण्डेले बजेटमा प्राथमिकता दिएका थिए ।
नेकपा एमालेको तर्फबाट संविधानसभामा प्रतिनिधित्व गरिरहेका पाण्डे संवैधानिक समितिका सदस्य छन्  । प्रधानमन्त्री झलनाथ खनालका विश्वासपात्र उनी प्रधानमन्त्रीका प्रत्येक निर्णयमा सल्लाह दिने गर्छन् । उनी एमालेका पोलिटब्युरो सदस्य पनि हुन् ।

नाम अर्थमन्त्री भएको मिित
सुवर्णशमशेर जबरा२००७-२०१० २०१५-२०१७
मातृकाप्रसाद कोइराला२०१०-२०१२
गुाजमान िसंह२०१२-२०१३
देवमान आङदेम्बे२०१३-२०१४
सीबी िसंह२०१४-२०१५
ऋषिकेश शाह२०१७-२०१९
सूर्यबहादुर थापा२०१९-२०२५ २०३६-२०३७ प्रम तथा अर्थ
सुरेन्द्रबहादुर बस्नेत२०२५ असोज- चैत 
कीर्तिनिधि विष्ट२०२५-२०२६ २०२८-२०३०
गेहेन्द्रबहादुर राजभण्डारी२०२६-२०२७
ज्ञानेन्द्रबहादुर कार्की २०३० साउन- चैत
भेषबहादुर थापा२०३०- २०३२ राज्यमन्त्री २०३२-२०३४
डा रामप्रसाद राजबाहक२०३४-२०३६ राज्यमन्त्री
डा यादवप्रसाद पन्त२०३७-२०३८ राज्यमन्त्री २०३८-२०४० मन्त्री
डा प्रकाशचन्द्र लोहनी२०४०-२०४३ २०६०-२०६१
भरतबहादुर प्रधान२०४३-४६
पशुपतिशमशेर जबरा२०४६ चैत २४-२०४७ वैशाख ५
डा देवेन्द्रराज पाण्डे२०४७-२०४८
महेश आचार्य२०४८-२०५१ राज्यमन्त्री
भरतमोहन अधिकारी२०५१-२०५२ २०५५-२०५६ २०६१ असार- माघ२०६६- हालसम्म
डा रामशरण महत२०५२-२०५३ २०५५ वैशाख-पुस २०५७-२०५९ २०६३-२०६५
रवीन्द्रनाथ शर्मा२०५३-२०५५
डा बद्रीप्रसाद श्रेष्ठ२०५९-२०६०
मधुकरशमशेर जबरा२०६१-२०६२
डा रुप ज्योित२०६२-२०६३ राज्यमन्त्री
डा बाबुराम भट्टराई२०६५-२०६६
सुरेन्द्र पाण्डे२०६६-२०६७

स्रोत : नेपालका मन्त्रीहरु भैरव रिसाल र राममणि रिसाल

3 comments:

  1. Interesting to know the history of our finance ministers. Lets include Barsha Man Pun latest Finance Minister also. Anyone interested,lets build an Ex-FM club and monthly discuss about the economy prosperity of Nepal.
    -Binod Dhakal
    (dhakalbiond@gmail.com)

    ReplyDelete
  2. building Ex-FM Club is very nice idea. I will surely try to materialize this idea. thank you very much

    ReplyDelete