निजीक्षेत्रको प्रमुख दूरसञ्चार प्रदायक संस्था एनसेलको प्रायोजन रहेको 'एनसेल नेपाल लिटरेचर फेष्टिभल’ आइतवार सकिएको छ । यो कार्यक्रमले साहित्यको विकासमा कर्पोरेट क्षेत्रले राम्रो योगदान गर्न सक्छन् भन्ने सन्देश प्रवाहित गर्न सफल भएको छ । विगत केही समयदेखि वर्षमा चार-पाँचपटक पुस्तक प्रदर्शनी तथा साहित्य सम्मेलनहरू हुने तथा त्यस्ता कार्यक्रममा पुस्तकको राम्रै व्यापार हुने गरेको छ । अब त्यस्ता कार्यक्रममा ठूला निजी कम्पनीहरूले विभिन्न सहयोग गर्नुले नेपालमा साहित्यको व्यवसायीकरणलाई निश्चय नै सहयोग पुग्नेछ । वास्तवमा एनसेलले एउटा साहित्य सम्मेलनलाई प्रायोजन गर्नु सुखद शुरुआत हो ।
खेलकुद, सङ्गीतलगायत क्षेत्रमा निजी कर्पोरेट क्षेत्रले निकै राम्रो सहयोग पुर्याइरहेका छन् । नेपालको 'क’ श्रेणीको लीग खेल्ने प्रायः सबै फुटबल क्लब कुनै न कुनै व्यावसायिक प्रतिष्ठानको प्रायोजनमा खेल्छन् । नेपालको फुटबल तथा क्रिकेट लीगको प्रायोजनमा निरन्तर रकम बढिरहेको छ । गीतसङ्गीतमा हुने विभिन्न पुरस्कारको प्रायोजनमा पनि ठूला व्यावसायिक प्रतिष्ठानहरूले योगदान गरिरहेका छन् । यस्तो अवस्थामा कलासाहित्यको प्रयोजनमा समेत यस्ता प्रतिष्ठानको चासो स्वागतयोग्य छ । यसले नेपाली कलासाहित्यको व्यवसायीकरणलाई निश्चय पनि योगदान पुर्याउनेछ ।
पछिल्ला केही वर्षदेखि नेपालमा पुस्तक प्रदर्शनी तथा साहित्य सम्मेलन गर्ने कार्यक्रम निरन्तर भइरहेका छन् । सरकारी स्वामित्वका नेपाल प्रज्ञाप्रतिष्ठान र साझा प्रकाशन तथा निजीक्षेत्रका विभिन्न संस्थाहरूले यस्ता सम्मेलन गरिरहेका छन् । यस्ता कार्यक्रमहरू विशेषगरी साहित्यिक पुस्तकहरूको प्रवर्द्धनका लागि निकै उपयोगी बन्ने गरेका छन् । यी कार्यक्रमले नेपाली पाठकलाई पुस्तकप्रति आकर्षित त गराएका छन् नै, प्रकाशक तथा वितरकका लागि पनि व्यापारको राम्रो मञ्च प्रदान गरेका छन् । यस्ता कार्यक्रमले नेपाली युवापुस्तामा पठनसंस्कृतिको विकास गर्नमा राम्रो योगदान पुर्याएका छन्, जुन वर्तमान र भविष्यमा साहित्य र इतर पुस्तकका लेखक तथा प्रकाशकको व्यावसायिक सफलताका लागि निकै महत्त्वपूर्ण हुनेछ ।
साहित्यिक पुस्तकको प्रवर्द्धन तथा बजारीकरण आवश्यक छ । पछिल्ला दिनमा केही लेखकहरूलाई स्थापित गराउनका लागि उनीहरूका पुस्तकको बजारीकरणले महत्त्वपूर्ण योगदान दिएका छन् । उनीहरूभन्दा राम्रो लेख्ने लेखक बजारीकरणकै अभावले छायामा परिरहेका पनि हुन सक्छन् । तर, यस क्षेत्रमा तीव्र व्यापारीकण भयो भने चाहिँ त्यसको परिणाम नकारात्मक पनि आउन सक्छ । मिडियामा राम्रो पहुँच भएको, बढी ग्ल्यामरस वा फोटोजेनिक लेखकहरू मात्रै अगाडि बढ्न सक्ने अन्यलाई अप्ठयारो हुने स्थिति यसले सृजना गर्नसक्छ । वास्तवमा लेखन तथा प्रकाशन बौद्धिक काम भएको हुनाले यसतर्फलेखक, प्रकाशक तथा कर्पोरेट क्षेत्रका मानिसहरू सचेत हुन आवश्यक छ ।
साहित्यिक पुस्तकहरूको व्यवसायीकरण वास्तवमा नेपालमा चुनौतीका रूपमा रहेको छ । पुराना तथा स्थापित लेखकका केही पुस्तकबाहेक अन्य साहित्यिक पुस्तकको विक्री निराशाजनक नै हुने गरेको छ । अहिले पनि लक्ष्मीप्रसाद देवकोटा, बीपी कोइराला, डायमनशमशेर राणालगायतकै पुस्तक 'बेष्ट सेलर’ भइरहेका छन् । वर्तमान पुस्ताको कुरा गर्ने हो भने केही स्थापितबाहेक मिडियामा राम्रो पहुँच भएका वा विज्ञापनमा खर्च गर्नसक्ने लेखकका पुस्तक नै राम्रो बिक्ने गरेका छन् । यसले पनि साहित्यिक पुस्तकको प्रवर्द्धन र बजारीकरणको महत्त्व प्रस्ट हुन्छ । यस कार्यमा निजी कर्पोरेट क्षेत्रको प्रवेशले साहित्यको व्यावसायीकरणमा त सहयोग पुग्छ नै, स्वयम् त्यस्ता संस्था तथा उत्पादनको प्रवर्द्धनमा पनि निकै ठूलो योगदान पुग्न सक्छ । त्यसैले, एनसेलले शुरू गरेको यो कामलाई अन्यले पनि पछयाउनु राम्रो हुनेछ ।
http://abhiyan.com.np/article-editorial_06_bhadra

No comments:
Post a Comment