![]() |
जनार्दन बराल |
आगामी अक्टोबर १४ मा घोषणा हुने अर्थशास्त्रका लागि नोबेल पुरस्कार कसले पाउला भन्ने विषयमा विभिन्न अड्कलबाजीहरु हुन थालेका छन् । विश्वको अर्थशास्त्रीय अध्ययनमा निकै ठूला योगदान दिने अर्थशास्त्रीहरु यो दौडमा सामेल छन् । तर, अन्तरराष्ट्रिय एजेन्सीहरुले केही अर्थशास्त्रीहरुलाई नोबेल पुरस्कारका सम्भावित विजेताका रुपमा चित्रण गरिरहेका छन् । ती अर्थशास्त्री र उनीहरुको योगदानका विषयमा केही चर्चा गरौं–
‘एडभान्समेण्ट अफ इम्पिरिकल माइक्रोइकोनमिक्स’का लागि मासाचुसेट्स इन्ष्टिच्युट अफ टेक्नोलोजीका प्रोफेशर जोसुआ डी एङ्ग्रिष्ट, युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेका प्रोफेशर डेभिड ई कार्ड र प्रिन्सटन युनिभर्सिटी, अमेरिकाका प्रोफेशर अलान बी क्रुजनरले पाउने सम्भावना छ । यी श्रम अर्थशास्त्रीहरू विशेषगरी श्रम र शिक्षासम्बन्धी राज्यका नियमहरूले आम मानिसको जीवनमा कसरी प्रभाव पार्छ भन्ने अनुसन्धानमा अग्रणी हुन् । कार्ड र क्रुजनरले न्यूनतम ज्याला बढ्दा रोजगारी घट्ने परम्परागत मान्यता सही नभएको निष्कर्ष सन् १९९४ मा निकालेका थिए । तर, यो विवादित बन्यो । त्यस्तै, उनीहरूले अमेरिकाका सरकारी विद्यालय र तिनको गुणस्तरका सम्बन्धमा अध्ययन गरेर विद्यालयहरूमा थोरै मात्रै लगानी बढाउँदा पनि त्यस विद्यालयबाट उत्पादित विद्यार्थीहरूले भविष्यमा निकै बढी आम्दानी गर्न सक्ने पत्ता लगाएका थिए । त्यस्तै, एङ्ग्रिष्ट र क्रुजनरले स्कूल छोड्ने सम्भावना रहेकाहरूलाई जबर्जस्ती पढाइमा निरन्तरता दिन लगाउँदा उनीहरूले वयस्क भएपछि गर्ने आम्दानी निकै बढाएको निष्कर्ष निकालेका थिए । कार्ड र क्रुजनरको सन् १९९७ मा प्रकाशित पुस्तक ‘मिथ एण्ड मिजरमेण्ट : द न्यू इकोनमिक्स अफ दि मिनिमम वेज’ निकै चर्चित बनेको थियो । त्यस्तै, एङ्ग्रिष्टको सहलेखनमा रहेको ‘मोष्टली हार्मलेश इकोनोमेट्रिक्स : एन इम्पिरिशिष्ट कम्पानियन’ पनि अर्थशास्त्रका विद्यार्थीबीच लोकप्रिय छ ।
त्यस्तै, मोडलिङ, टेष्टिङ तथा फोरकाष्टिङसहित इकोनोमेट्रिक टाइम सेरिजमा योगदान दिएबापत बेलायतको अक्सफोर्ड युनिभर्सिटीका प्रोफेशर सर डेभिड एफ हेण्ड्री, बेलायतकै युनिभर्सिटी अफ क्याम्ब्रिजका प्रोफेशर एम हासेम पेसारन तथा अमेरिकाको येल युनिभर्सिटीका प्रोफेशर पिटर सी बी फिलिप्सले पनि नोबेल पुरस्कार पाउने आँकलन गरिएको छ । सामान्यतया विद्यमान तथ्याङ्कहरूलाई हेरेर भविष्यवाणी गर्नु चुनौतीपूर्ण हुन्छ । तर, हेण्ड्री, पेसारन तथा फिलिप्सले त्यस किसिमको भविष्यवाणी गर्न सकिने गरी ‘सुधारिएको इकोनोमेट्रिक मोडेल’को विकासमा पूरै जीवन समर्पित गरेका छन्, जसले विश्वभरिका नीतिनिर्माता, केन्द्रीय बैङ्कहरू तथा वित्तीय क्षेत्रका अधिकारीहरूले जोखीम न्यूनीकरण तथा समयमै सही निर्णय गर्न सक्छन् । तथ्याङ्कको प्रवृत्तिलाई हेरेर भविष्यमा हुन सक्ने घटनाहरूका विषयमा आँकलन गर्न सक्ने सूत्र पत्ता लगाउनु उनीहरूको मुख्य योगदान हो । ‘प्रवृत्तिले आर्थिक सिद्धान्तमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ,’ फिलिप्स भन्छन्, ‘पछिल्लो समयमा म रियल टाइम इकोनोमेट्रिक डिटेक्टरहरूको विकासमा केन्द्रित भएको छु, जुन आर्थिक प्रणालीलाई भविष्यका जोखीमका विषयमा पहिल्यै सचेत गराउन प्रयोग हुन्छ ।’ तीमध्ये कतिपय उपकरण केन्द्रीय बैङ्कहरूले प्रयोग पनि गरिरहेका छन् । सन् २००८ पछिको मन्दीले भविष्यमा आउन सक्ने जोखीमहरूबारे सचेत बनाउने संयन्त्रको निकै आवश्यकताबोध गरिएको थियो ।
साथै, नियमनसम्बन्धी आर्थिक सिद्धान्तलाई विस्तार गरेबापत युनिभर्सिटी अफ सिकागोका सिनियर लेक्चरर रिचार्ड ए पोस्नर र प्रोफेशर साम पेल्जम्यानलाई पनि यो प्रतिष्ठित पुरस्कारका दाबेदारका रूपमा चित्रण गरिएको छ । कानून अध्ययनको पृष्ठभूमि भएका पोस्नर स्वाध्यायी अर्थशास्त्री हुन् । पोस्नरले नियमनकारी अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री जर्ज जे स्टिग्लरले भनेजस्तो नियमनकारी कानूनहरूबाट उपभोक्ताले भन्दा उत्पादकले लाभ पाउने कुरालाई खण्डन गरेका छन् । उनले कानूनले मानिसको व्यवहारमा कसरी प्रभाव पार्छ भन्ने विश्लेषण गरेका छन् । आर्थिक रूपमा भन्दा पनि सामाजिक रूपमा स्वीकार्य हुने गरी स्रोतहरूको परिचालन हुन सक्यो भने मात्रै त्यसले राम्रो परिणाम ल्याउन सक्ने उनको विश्लेषण छ । उनको ‘इकोनमिक एनालाइसिस अफ ल’ चर्चित पुस्तक हो । पेल्जम्यान युनिभर्सिटी अफ सिकागोमा पोस्नरका सहकर्मी हुन् । उनले स्टिग्लर र पोस्नरका बीचमा रहेर आफ्ना विचारहरू राखेका छन् । उपभोक्ताहरू कम सङ्गठित हुने हुँदा उत्पादकहरूले आफूलाई बढी लाभ हुने गरी नियम बनाउन सफल हुने उनी बताउँछन् । पेल्जम्यानले सवारीसाधनसम्बन्धी कानूनको प्रभावबारे अनौठो खालको तथ्य बाहिर ल्याएका छन् । उनका अनुसार सवारी चलाउँदा सीटबेल्ट बाँध्नुपर्ने नियमबाट सवारीचालकहरूले बढी जोखीमपूर्ण व्यवहार देखाउने गर्छन्, जसका कारण अपेक्षितभन्दा उल्टो परिणाम निस्कन्छ । यसबाट एकातिर चालकहरू आफैलाई जोखीम सृजना हुन्छ वा पैदलयात्री वा साइकलचालक जोखीममा पर्छन् ।

No comments:
Post a Comment