![]() |
डा. युवराज खतिवडा
गभर्नर, नेपाल राष्ट्र बैङ्क
|
नेपाल राष्ट्र बैङ्कका नीतिहरू नियन्त्रणमुखी बन्दै गएको आरोप लागिरहेका बेला गभर्नर डा. युवराज खतिवडा भने बजारलाई पूर्णतातर्फ लैजान र प्रतिस्पर्धी बनाउन यस्ता कदम विश्वव्यापी रूपमा स्वीकारिएको बताउँछन् । राष्ट्र बैङ्कका नीतिहरूले सही दिशा समातेकै कारण वित्तीय प्रणालीप्रतिको विश्वास बढेको उनको तर्क छ । विगत साढे ३ वर्षदेखि नेपाल राष्ट्र बैङ्कको नेतृत्व गरिरहेका डा. खतिवडासँग नेरु–भारु विनिमयदर प्रणाली, मौद्रिक नीति र त्यसको कार्यान्वयन, वित्तीय र मूल्य स्थायित्वलगायत विषयमा आर्थिक अभियानका जनार्दन बरालले गरेको कुराकानीको सार :
नेरू–भारू विनिमय दरमा समीक्षा गर्नुपर्छ भन्ने हिसाबले बजारमा निकै बहस भएका छन् । यसमा नेपाल राष्ट्र बैङ्कको बुझाइ के छ ?
नेपाली रुपैयाँको विनिमय दरका सन्दर्भमा दुईओटा विषयलाई हेर्नुपर्ने हुन्छ । पहिलो– स्थिर विनिमय दर प्रणाली । अहिले त्यसमा पुनरवलोकन गर्ने प्रश्नै आउँदैन । किनभने त्यसबाट हामीलाई नोक्सानीभन्दा लाभ नै बढी भएको छ । दोस्रो– नेरू–भारूबीचको दर । नेरू र भारूबीचको यथार्थ विनिमय दर कति तलमाथि छ, त्यो समीक्षाको विषय हुन सक्छ । हाम्रो विचारमा अहिले यो पनि त्यति धेरै असङ्गत स्तरमा छैन । हाम्रा आर्थिक परिसूचकहरूले पनि त्यसमा परिमार्जन आवश्यक छ भन्दैनन् । यो समयको वस्तुस्थिति पनि त्यसमा परिमार्जन गरिहाल्ने किसिमको छैन । त्यसो हुँदा हामीले जुन किसिमको विनिमय दर चलाएका छौं, मुलुकको अर्थतन्त्रमा त्यसैले स्थायित्व दिन्छ । यसमा बेलाबेला सानातिना झट्काहरू आउन सक्छन्, त्यसलाई अर्थतन्त्रले धान्न सक्छ ।
नेरूलाई चिनियाँ युआनसँग पेग गर्ने विषयमा पनि चर्चा भएको छ नि ?
कुन मुद्रासँग स्थिर विनिमयदर कायम गर्ने भन्ने विषय बजारमा माल छनोट गर्नेजस्तो होइन । स्थिर विनिमय दर अपनाउनुका पछाडि केही सिद्धान्त र आधारहरू हुनुपर्छ । धेरै व्यापारिक सम्बन्ध भएको, लगानीको सम्बन्ध भएको, पूँजीको आप्रवाह र उत्प्रवाह धेरै हुने सम्भावना भएको अथवा वित्तीय एकीकरण भएको मुलुकको मुद्रासँग आफ्नो मुलुकको मुद्रालाई पेग गर्ने हो । दुई तिहाइ व्यापार, एक तिहाइ लगानीको हिस्सा तथा पूँजीको कारोबारसमेत भारतसँग हुने हुनाले भारूसँगै हामीले स्थिर विनिमय दर कायम गर्नुपर्ने हुन्छ । चिनियाँ मुद्रा हाम्रा लागि विस्तारै महत्वपूर्ण बन्दैछ । तर, पनि हाम्रो व्यापारमा चीनको हिस्सा २० प्रतिशत मात्रै छ । नेपालमा चिनियाँ लगानी बढ्दैछ तर भारतको तहमा पुगेको छैन । तर, भारतीयको तुलनामा चिनियाँ पर्यटक भने क्रमशः बढी हुँदै छन् । यद्यपि, चीनसँग हाम्रो वित्तीय एकीकरण भनेको निकै लामो प्रक्रिया हो, त्यससम्बन्धमा अहिले सोच्ने बेला भएको छैन । दोस्रो, एकै समय तपाईंले आफ्नो मुद्रालाई दुईओटा मुद्रासँग आबद्ध गर्न सक्नु हुन्न । भोलि चिनियाँ मुद्रा परिवत्र्य भयो भने त्यस्तो अवस्थामा त्यससँगको सम्बन्ध कस्तो हुने त्यसलाई भने हामीले भोलि पुनः परिभाषित भने गर्छौं ।
श्रीलङ्का र बङ्गलादेश स्वतन्त्र विनिमयदर प्रणाली सञ्चालन गर्न सफल भइरहेका छन्, हामीचाहिँ किन स्वतन्त्र विनिमय दर चलाउन नसक्ने अवस्थामा छौं ?
स्वतन्त्र विनिमय दर प्रणाली अपनाउन पर्छ तर त्यसका केही शर्त हुन्छन् । पहिलो– आर्थिक वृद्धि, मूल्य स्थिति, सोधनान्तर स्थिति तथा विदेशी विनिमय प्रणाली आफै पनि कस्तो छ भन्ने कुराले यसको निर्धारण हुन्छ । दोस्रो– अघि नै भनेजस्तो नेपाल–भारत व्यापार सम्बन्धले पनि यसलाई प्रभाव पार्छ । हामीले भारूसँग किन स्थिर विनिमय दर चलाउनुप¥यो भन्ने तर्कले स्वतन्त्र मुद्रा प्रणालीमा हामी किन जान सक्दैनौं भन्ने कुरालाई प्रमाणित गर्छ । स्वतन्त्र मुद्रा प्रणालीमा जाने हो भने नेपाल–भारत व्यापार सम्पूर्ण रूपमा औपचारिक माध्यमबाट हुनुपर्छ । सम्पूर्ण भुक्तानी परिवत्र्य विदेशी मुद्रामा हुनुपर्छ । लगानीका सबै कुरा परिवत्र्य विदेशी मुद्रामा हुनुपर्छ । जहाँसम्म नेपाल–भारतसँगको अन्तरसम्बन्धित अर्थतन्त्रको दायरामा छ भने हाम्रो स्वतन्त्र मुद्रा प्रणाली भनेको सटहीको हिसाबले भारूसँगै हो । हामी स्वाधीन अर्थतन्त्रको दीर्घकालीन कुरा गर्छौं भने त्यसको एउटा पाटोका रूपमा स्वतन्त्र मुद्रा प्रणाली पनि रहन्छ । तर, त्यसभन्दा अघि नेपाल–भारत व्यापार तथा लगानी सम्बन्धलाई पुनः परिभाषित नगरी यस विषयमा बहस गर्नुले त्यति ठूलो असर राख्दैन ।
राष्ट्र बैङ्कले गत आर्थिक वर्षको मौद्रिक नीतिमा पूँजीगत खाता परिवत्र्यताका विषयमा अध्ययन गर्ने उल्लेख गरेको थियो । तर, स्थिर विनिमय दर कायम रहुञ्जेल पूँजीगत खाता पूर्ण परिवत्र्य गर्ने कुरा सम्भव हुन्छ र ?
हो, स्थिर विनिमय दर र पूँजीगत खाताको पूर्ण परिवत्र्यता मिल्ने कुरा होइनन् । तर, पूँजीगत खाता परिवत्र्यता भनेको हुने वा नहुने (एस अर नो)को कुरा पनि होइन । यो क्रमशः नियन्त्रित प्रक्रियाबाट खुला प्रणालीतर्फ जाने एउटा प्रक्रिया हो । जबसम्म विनाकुनै प्रयोजन एउटा व्यक्तिले नेरू बेचेर डलर वा डलर बेचेर नेरू असीमित मात्रामा साट्न पाउने अवस्था हुँदैन, तबसम्म पूँजीखाता पूर्ण परिवत्र्य हुँदैन । र, यस्तो व्यवस्था भएका मुलुकहरू संसारमा एकदमै थोरै मात्रै छन् । तर, अहिलेकै विनिमय दर प्रणालीको अधीनमा रहेरै लगानी, पर्यटन, व्यापार, सेवाको आदानप्रदानलगायतका विषयहरूमा अहिले पनि हामी परिवत्र्य नै छौं । किनभने, यी विषयमा हामीले मागेको जति डलर दिएकै छौं । विदेशबाट लगानी ल्याउन र त्यसबाट प्राप्त हुने लाभ विदेश लैजानका लागि कुनै समस्या छैन ।
यदि कसैले संस्थागत रूपमा विदेशमा लगानीको अवसर देखेको छ, उससँग विशिष्टीकृत अनुभव पनि छ भने निश्चित परिमाणसम्मको रकम लगानी गर्न दिन आपत्ति मान्न हुँदैन भन्ने हिसाबले हामीले सोचिरहेका छौं । त्यसबाट मुलुकमै प्रतिफल आउने हुनाले सो तहमा रहेर छलफल अघि बढाएको हो । तर, यो सबै गर्नका लागि विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन संशोधन गर्नुपर्छ, विदेशी विनिमय ऐन संशोधन गर्नुपर्छ । यो निकै लामो प्रक्रिया हो । तर, त्यसका बीचमा पनि नेपालीले डलरमा खाता खोल्न पाउँछन्, क्रेडिट कार्ड बोक्न पाउँछन्, ५–१० हजार डलर आफ्नै खाताबाट खर्च गर्न पाउँछन् । कतिपय कम्पनीलाई आफ्नै डलर खाता प्रयोग गरेर वस्तु तथा सेवा आयात गर्न खुकुलो गरिदिएको छ । डलरमै ऋण लिन पाउने व्यवस्थासमेत गरिएको छ । यी सबै कुरा प्रकारान्तरले पूँजी खाता परिवत्र्यताकै अङ्गहरू हुन् । यसको पूर्णता कुन बेला हुन्छ भने जुन बेला धितोपत्र बजारमा विदेशीहरूले लगानी गर्न पाउँछन् । यहाँको मुद्राबजारमा विदेशीहरूले लगानी गर्न र नाफा लैजान पाउँछन् । यो अवस्था आउन धेरै समय लाग्छ । तर, विश्वका प्रायः सबै देश यसै दिशातिर गइरहेका छन् । त्यसो हुँदा हामी पनि त्यता जानुको विकल्प छैन । विदेशी मुद्रा सञ्चितिमा असर नपर्ने गरी, पूँजी पलायनको खतरालाई रोकी विदेशमा लगानी गर्न दिने र त्यसबाट प्रतिफल आउने वातावरण बनाउनुपर्छ । तर, अहिले कसैले एउटा चरम्वादी कोणबाट यसलाई बुझेको छ, कसैले अर्को । तर, हामी बीचको समन्वयवादी बाटोबाट हिंडिरहेका छौं । र, जुन दिन हामी पूँजीखाता पूर्ण परिवत्र्य भयो भन्छौं, त्यस दिन स्थिर विनिमय दर कायम छैन पनि भन्ने छौं ।
हामीले अभ्यास गरेको मौद्रिक नीतिले कति हदसम्म स्वतन्त्र रूपमा काम गर्छ र कति हदसम्म भारतीय मौद्रिक नीतिको प्रभाव पर्छ ?
अहिलेको अन्तरसम्बन्धित विश्वमा आफ्नो नीतिले मात्रै आफ्नो अर्थतन्त्र सञ्चालन गर्न सकिन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन । त्यसो हुँदा विश्व आर्थिक परिदृश्यले हाम्रो मुलुकलाई प्रभाव पार्छ । त्यस्तो प्रभावलाई न्यूनीकरण गर्नेसम्बन्धमा हामीसँग उपकरणहरू छन् कि छैनन् भन्ने एउटा कुरा हो । दोस्रो, नेपालको मौद्रिक नीतिले के हासिल गर्न खोजेको छ, त्यसमा स्पष्ट हुनुपर्छ । उदाहरणका लागि शतप्रतिशत मूल्यस्थिरता कायम गर्न खोज्यौं भने विश्वव्यापी तथा क्षेत्रीय मुद्दाहरूमा कारण त्यो सम्भव हुँदैन । तर, हाम्रा मौद्रिक नीतिका केही लक्ष्यहरू छन्, जुन हामीले हासिल गरिरहेका छौं । उदाहरणका लागि वित्तीय स्थिरता । मौद्रिक र ऋण नीतिले यहाँ वित्तीय स्थिरता कायम गर्ने लक्ष्य भेट्टाएको त तपाईंहामी सबैले देखेकै कुरा हो । मौद्रिक नीतिले कर्जाको पक्षबाट अर्थतन्त्रलाई दिनुपर्ने जुन योगदान हो, त्यसमा पनि नेपालको मौद्रिक नीति सफल देखिन्छ । उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउन, स्थानीय तहमा वित्तीय स्रोत पुर्याउने कुरामा काम भएकै छ । तर, विदेशी मुद्रा सञ्चय बढाउने, मूल्य स्थिरता कायम गर्ने कुरामा भने शतप्रतिशत नतीजा निस्कँदैन । तर, त्यहाँ पनि आंशिक असर भने गर्छ । मौद्रिक नीतिले मूल्य माथि जानबाट रोक्ने कोसिस गर्न सक्ने हो, माथि गएको मूल्यलाई तल झार्न सक्दैन । यो धागोजस्तो हो । विगतमा २५–३० प्रतिशतसम्म मुद्रा विस्तार गरेर जुन किसिमको अधिक तरलताको अवस्था सृजना गरियो, त्यसको प्रभाव केही समयसम्म पर्न सक्छ ।
बजारमा अहिले अत्यधिक तरलता देखिएको छ । अधिक तरलता जोखीमको सम्भावनालाई कसरी हेर्नुहुन्छ ?
अहिले देखिएको अधिक तरलता कृत्रिम हो । कर्जा लगानी अपेक्षित रूपमा बढ्न नसकेर यो अवस्था देखिएको हो । हाम्रा समष्टिगत मौद्रिक परिसूचकहरू त्यति नकारात्मक छैनन् । लगानीका परम्परागत क्षेत्रहरू कमजोर हुने र नयाँ क्षेत्रमा जान बैङ्क तथा वित्तीय संस्थाले समय लगाउने कारणले गर्दा कर्जा प्रवाहमा केही समस्या आएको हो । अहिले निर्वाचन नजिकिएको सन्दर्भमा उद्योगी व्यवसायीहरू पनि त्यतैतिर होमिएकाले परियोजनाको कार्यान्वयन पनि ढिलो हुनु स्वाभाविक हो । त्यसले पनि भूमिका निर्वाह गरेको हुन सक्छ । तर, यो अधिक तरलताको अवस्था अत्यन्तै अल्पकालीन हो । र, यो सुखद समस्या पनि हो । निक्षेप हुँदै नहुनुभन्दा अलिकति बढी निक्षेप हुनु सुखद नै हो ।
चालू आर्थिक वर्षमा अपेक्षित आर्थिक वृद्धि हुने सम्भावना छ ?
५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न हामीलाई त्यति धेरै अतिरिक्त लगानी चाहिँदैन । सेवा क्षेत्रमा यसअघि पनि ५ प्रतिशतभन्दा बढीकै वृद्धि भएको छ । यो वर्ष कृषिक्षेत्रमा ४ देखि साढे ४ प्रतिशतसम्मको वृद्धि हुन सक्छ । तर, औद्योगिक क्षेत्रमा भने समस्या छ । लोडशेडिङ बढेन, श्रम सम्बन्ध बिग्रेन र हाम्रा प्रमुख उत्पादनहरूको बजार बिग्रेन भने हाम्रो औद्योगिक क्षमता निश्चय पनि बढ्छ । किनभने अहिले औद्योगिक क्षेत्रको क्षमता करीब ५० प्रतिशत मात्रै उपयोग भएको छ । त्यसो हुँदा औद्योगिक क्षमता बढाएर ८०–९० प्रतिशत पु¥याउन सकियो भने ५ प्रतिशत आर्थिक वृद्धि हुन समस्या हुँदैन ।
चुनाव हुने वर्ष बजेट तथा मौद्रिक नीति दुवै विस्तारकारी आउँदा जनताले मूल्यवृद्धिको मार थेग्न सक्ने सम्भावना हुन्छ ? यस्तो अवस्थामा पनि मुद्रास्फीति दरलाई ८ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिनुभएको छ, त्यसको प्राप्ति सम्भव हुन्छ ?
लक्ष्य महत्वाकाङ्क्षी नै राख्नुपर्छ । १० प्रतिशत मुद्रास्फीति हुने गरी मौद्रिक नीति के बनाउने भन्ने हुन्छ । त्यसो हुँदा ७–८ प्रतिशतमा मुद्रास्फीति राख्ने प्रयासमा हामी जाने हो । आर्थिक वर्षको पहिलो २ महीनाको प्रारम्भिक तथ्याङ्क हेर्ने हो भने त्यो हासिल नहोला भन्न पनि सकिँदैन । अहिले सरकारी ट्रेजरीमा रकम रहेको र प्रणालीमा पनि तरलता रहेकाले हामी त्यति चिन्तित छैनौं । भोलि सरकारी खर्च निकै बढ्न थाल्यो भने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा थोरै संशोधन गर्नुपर्ने हुन सक्छ । चुनावमा हुने खर्च पनि आयातसँग सम्बन्धित छन् । त्यसो हुँदा निर्वाचनले आयातमा अलि बढी चाप गर्ने हाम्रो अनुमान छ ।
राष्ट्रियस्तरका विकास बैङ्क तथा वित्त कम्पनीहरूमा पनि बेस रेट लागू गर्नुभयो, ब्याजदर अन्तर तोक्नुभयो, राष्ट्र बैङ्क इष्ट्रेष्ट रेट रेगुलेशनको युगतिर फर्केको कुरालाई यसले सङ्केत गर्दैन र ?
म्याक्रो प्रुडेन्सियल मिजर्सहरू अहिले विश्वव्यापी रूपमा स्वीकारिएका छन् । त्यसो हुँदा यसलाई मौद्रिक नीतिको नभएर म्याक्रो प्रुडेन्सियल मिजरका रूपमा लिन सकिन्छ । बजार प्रतिस्पर्धी नहुञ्जेलसम्म यस्ता कुरामा जानुपर्ने हुन्छ । प्रतिस्पर्धी बजारमा ब्याजदरको अन्तर ३–४ प्रतिशतभन्दा बढी हुनुपर्ने हुँदै होइन । हाम्रो बजारमा किन त्यस्तो हुन सकेको छैन भने यहाँ अझै पनि विकृति छ । त्यसो हुँदा बजारलाई पूर्णतातर्फ लैजाने क्रममा कतिपय कुरा निर्देशित गर्नुपर्ने हुन्छ । ब्याजदरमा हामीले गरेको काम भनेको त्यसैको एउटा पाटो हो । जब बजारले प्रतिस्पर्धी र कुशल रूपमा यी कुरा आफै गर्न थाल्छ, त्यस्तो अवस्थामा राष्ट्र बैङ्कले यी कुरा भनिरहनुपर्ने अवस्था रहँदैन । तर, हामीले ब्याजदर नै तोकेको भए त्योचाहिँ हस्तक्षेप हुन्थ्यो ।
निकै राम्रो इज्जत कमाएका, गन्यमान्य व्यक्तिहरू पनि बैङ्किङ कसुरमा अहिले जेल परिरहेको अवस्था छ । भविष्यमा यो क्रम कहाँसम्म पुग्ने देख्नुहुन्छ ?
हामी बैङ्किङ कारोबार हेर्छौं । बैङ्किङ कारोबारमा ठगी भएको देखियो भने त्यसलाई कारबाहीको दायरामा ल्याउने हो । बैङ्किङ प्रणालीमा बैङ्किङ कसुर तथा सजाय ऐन, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐनलगायत कानून छन्, मुलुकी ऐनमा ठगीको महल छ । यी कानूनको पालना हुनुपर्छ र दण्डहीनताको अवस्था रहनु हुँदैन भन्ने हाम्रो मान्यता हो । जबसम्म समाजका मानिसहरूमा कानूनको पालना गर्ने चेतना र सजगता आउँदैन, तबसम्म यो क्रम चलिरहन्छ । यो निरन्तर चल्ने प्रक्रिया हो ।
निर्देशित कर्जा बढाउँदै लगियो तर लगानी गर्ने क्षेत्र तथा वातावरण भने छैन भन्ने बैङ्कहरूको गुनासो छ नि ?
बैङ्कहरूले क्षेत्र र वातावरण बनाउनु पनि पर्छ । जुन मुलुकमा ४५ देखि ५० प्रतिशतसम्मको कारोबार पर्यटन, ऊर्जा र कृषिमा हुन्छ, त्यो क्षेत्रमा नै अवसर छैन भन्ने हो भने बैङ्किङ क्षेत्रको विकास कसरी हुन्छ ? यदि अवसर नै नदेख्ने हो भने कति सङ्ख्यामा बैङ्क तथा वित्तीय संस्था चाहिने हो, त्यसमा पो सोच्नुपर्ने भयो त ? यदि ती क्षेत्रमा लगानीको अवसर छैन भने मुलुकमै लगानीको अवसर छैन । त्यसो हो भने किन धेरै वित्तीय संस्था राख्ने ? त्यसैले लगानीको क्षेत्र छैन भन्ने कुरामा दम छैन । के चाहिँ हो भने ठ्याक्कै पीच सडकमै जोडिएको जग्गा धितो राखेर ऋण दिन अब पाइँदैन, व्यापार, हायरपर्चेज कर्जा र घरजग्गामा मात्रै ऋण दिन पाइँदैन । त्यसैमा मात्रै विशिष्टीकरण गर्ने केही साथीलाई अप्ठ्यारो परेको हुन सक्छ । त्यसैले क्षितिज बढाउन म अनुरोध गर्छु ।
बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा उच्च व्यवस्थापनमा रहेका व्यक्तिले अन्य बैङ्क तथा वित्तीय संस्थाबाट आफ्नो स्वामित्व भएको कम्पनीमा कर्जा लिन नपाउने व्यवस्थाको निकै विरोध भइरहेको छ नि ?
यसमा विकृति देखेर नै त्यस्तो व्यवस्था गरिएको हो । कतिपय साथीले ४०–५० करोड रुपैयाँ नै ओभरड्राफ्ट वा अन्य बैङ्कबाट ऋण लिएको पनि देखियो । कुनै बैङ्क तथा वित्तीय संस्थामा ठूलो मात्रामा तलबभत्ता, सुविधा लिएर काम गर्नेले संस्थाकै लागि पूरा समय दिनुपर्छ । तर, उहाँहरूले यता धेरै तलबसुविधा पनि लिने, अर्कातिर आफ्नै व्यवसाय पनि गर्ने दोहोरो भूमिका निर्वाह गर्नुभएन । बैङ्करहरू आफू पनि व्यवसायमा हुँदा स्वार्थको द्वन्द्व पनि हुन्छ । त्यस्तो काम नगर्नुस् भनेको मात्रै हो । कि व्यवसायी बन्नुस् कि बैङ्कर बन्नुस् भनेर लगानीकर्तालाई पनि भनेकै हो । ठूलो व्यवसाय गर्नु छ भने आफ्नै व्यवसाय गरे भो । बैङ्कको अधिकारी भएपछि त्यही काम गर्नुपर्छ । जहाँ काम गर्ने हो, त्यहाँ निष्ठापूर्वक काम गर्दिनुस् भन्ने मेरो अनुरोध हो ।
चिनियाँ युआनमा नेपाल राष्ट्र बैङ्कले लगानी गर्ने भन्ने प्रक्रिया अघि बढेको थियो, त्यससम्बन्धमा अहिले के भइरहेको छ ?
राष्ट्र बैङ्कले चिनियाँ मुद्रासँग सम्बन्धित मुद्दती निक्षेपमा लगानी गर्न थालिसकेको छ । अब चिनियाँ सरकारको ट्रेजरी बिलमा लगानी गर्ने अन्तिम चरणमा पुगेका छौं । यससम्बन्धमा कार्यसञ्चालन करार (अपरेशनल एग्रिमेण्ट) भइसकेको छ । हामीले खाता पनि खोलिसकेका छौं । खाताको निश्चित रकम यो ट्रेजरी बिलमा हालिदेऊ भन्नमात्रै बाँकी छ । तुरुन्तै यो भइहाल्छ ।
वित्तीय साक्षरतालाई नेपाल राष्ट्र बैङ्कले निकै कम मात्रै महत्व दिएको देखिएको छ । किन होला ?
वित्तीय साक्षरतामा हामीले काम गरिरहेका छौं । यसमा दुई–तीनओटा उपाय अपनाइरहेका छौं । पहिलो– हामीले रेडियो, टेलिभिजन, होर्डिङ बोर्डलगायत मास मिडियालाई प्रयोग गर्ने एउटा पाटो छ । दोस्रो– बैङ्किङ व्यवसायसँग सम्बन्धित मानिसहरूलाई तालीम तथा अभिमुखीकरण प्रदान गर्ने पनि गर्दैछौं । तेस्रो– विद्यार्थीसँग राष्ट्र बैङ्क भन्ने कार्यक्रम पनि हामीले गरिरहेका छौं । विद्यार्थीलाई तालीम तथा अभिमुखीकरणका लागि आवश्यक सामग्रीहरू तयार पारिसकेका छौं ।
आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
मूल्याङ्कन गर्ने तपाईंहरूले हो । मलाई आफूले सही दिशातर्फ नै काम गरेजस्तो लाग्छ । बैङ्किङ प्रणालीप्रतिको विश्वास बढेको छ । कुनै संस्थामा १०–२० करोड रुपैयाँ ठगी भयो रे भन्ने सुनेकै भरमा बैङ्क वित्तीय संस्थाहरूमा ग्राहकको लाइन लागेको छैन । आन्तरिक नियन्त्रण प्रणाली बलियो नहुँदा सानातिना घटना देखिए पनि प्रणालीगत जोखीम मैले देखेको छैन । विगत ३ वर्षको अन्तरराष्ट्रिय मुद्राकोषको प्रतिवेदनहरूले पनि नेपालको वित्तीय प्रणाली ठीक दिशातिर गएको देखाएका छन् । अन्य दातृ निकायको पनि त्यस्तै बुझाइ छ र आमजनताले सोही रूपमा बुझेका छन् । ठूलो समस्यामा रहेको प्रणालीलाई अघि बढाउँदा पूर्णतामा पुग्ने अवस्था त छैन । तर, हाम्रो दिशा सही छ ।

No comments:
Post a Comment