![]() |
ह्यु डाल्टन |
बेलायतमा सन् १९४७ नोभेम्बरमा लेबर पार्टीका तत्कालीन चान्सलर ह्यु डाल्टनले बजेट भाषण गर्न हाउस अफ कमनको हलमा जा“दै गर्दा सञ्चारकर्मीलाई बजेट लिक गराएका थिए । डाल्टनले प्रस्तुत गर्नु २० मिनेटअघि नै द स्टार पत्रिका (अहिले बन्द भइसक्यो) ले बजेटका सूचना प्रकाशन गरेको थियो । यो घटनालाई ‘डाल्टन लिक’ भनिन्छ । प्रस्तुत हुनुअघि नै बजेटका सूचना चुहिएपछि डाल्टनले बजेट भाषण गरेको भोलिपल्ट राजीनामा दिएका थिए । त्यसपछि संसारभरि नै बजेटका सूचनालाई अत्यन्तै संवेदनशील रूपमा लिइन्छ ।
संसद्मा बजेट प्रस्तुत गर्नुअघि ह्यु डाल्टनले द स्टारका संवाददाता जोन कार्वेललाई भनेका थिए, ‘सुर्तीमा थप छैन, बियरमा एकदमै थोरै, कुकुरहरू र स्विमिङ पुल (सामान्य लक्जरी)मा थपिएको छ, घोडाहरूमा (घरपालुवा जनावर) लगाइएको छैन । खरिद करमा वृद्धि छ, तर अन्यमा फेरबदल छैन, लाभकर दोब्बर पारिएको छ ।’
द स्टारमा समाचार प्रकाशित भएपछि बजेट भाषणको भोलिपल्ट डाल्टनले प्रधानमन्त्री क्लेमेन्ट एटलीसमक्ष राजीनामा दिए । तर, प्रधानमन्त्रीले उनको राजीनामा स्वीकृत गरेनन् । सोही दिन डाल्टनले संसद्मा आफ्नो लापरबाहीबारे गहिरो क्षमायाचना गरे । डाल्टनले क्षमायाचना गरेकोमा तत्कालीन विपक्षी दलका नेता विन्स्टन चर्चिलले समेत प्रशंसा गर्दै सहानुभूति व्यक्त गरेका थिए । त्यही सा“झ पुनः डाल्टनले राजीनामा दिए र प्रधानमन्त्रीले स्वीकृत गर्दै सर स्टाफोर्ड क्रिप्सलाई नया“ अर्थमन्त्री नियुक्त गरेका थिए ।
No comments:
Post a Comment