Sunday, May 22, 2016

चिली र गुजरात : सुन्ने मात्र कि सिक्ने पनि ?



जनार्दन बराल

भूकम्प गएको एक वर्षभन्दा बढी भयो, अहिलेसम्म कति पालमुनि नै छन्, कति अस्थायी घरमा सरे भन्ने तथ्यांक सरकारसँग छैन अघिल्लो बर्खा पालमुनि बित्यो, त्यही नियति एक वर्षपछि पनि दोहोरिनु दुर्भाग्यपूर्ण हो १२ महिनासम्म निदाएर बसेको सरकारले अब एक महिनामै सबै विस्थापित परिवारलाई सामुदायिक भवनमा सार्ने दाबी गरेको सरकारको योजनासँगै पीडितको भविष्य पनि अनिश्चित भएको राज्यका निकायमा मानवीय संवेदना शून्य भएपछि जनताले दु: पाउनुको विकल्प पनि छैन
पुनर्निर्माण भनेको भूकम्प प्रभावित १४१५ जिल्लामा जनतालाई घर बनाइदिनु मात्रै होइन, यो राष्ट्रकै पुनर्निर्माणको प्रश्न हो, नवनिर्माणको प्रश्न हो तर, चुनौती स्विकार्न सक्ने क्षमता अनुभव मुलुकभित्र छँदै थिएन, अझै पनि छैन किनभने यो स्तरको प्राकृतिक विपत्ति मुलुकले ८० वर्षपछि पहिलोपटक सामना गर्दै थियो अन्तर्राष्ट्रिय क्षेत्रमा सफल पुनर्निर्माणको नेतृत्व गरेको व्यक्तिलाई नेपाल नवनिर्माणको जिम्मेवारी दिनुपर्छ, यो पंक्तिकारले एक वर्षअघि नै लेखेको थियो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट आउने त्यस्तो व्यक्तिले नेतृत्व लिए प्रकृतिले ध्वंस गरेको देश नेतृत्वको असफलताको पनि सिकार बन्नबाट जोगिन सक्छ भन्ने पंक्तिकारको तर्क हो तर, त्यतातर्फ सरकार तथा नीतिनिर्माताको ध्यान नजानु अस्वाभाविक थिएन किनभने त्यस स्तरको बौद्धिक, प्राविधिक व्यावहारिक बहसतर्फ तत्कालीन सरकारको रुचि थियो, अहिलेको सरकारको
भूकम्प तथा यस्तै प्रकृतिका विपत्तिपछिको पुनर्निर्माणमा आफूलाई अब्बल बनाएका राष्ट्र अनेक छन् चिली, जापान भारतको गुजरात त्यसमध्ये धेरै नाम लिइने ठाउँ हुन् सबैभन्दा नजिकको हामीलाई सान्दर्भिक उदाहरण गुजरात नै हो गुजरातमा सन् २००१ मा गएको भूकम्प त्यसपछिको तीव्र पुनर्निर्माणको प्रक्रियाबाट नेपालले पाठ सिक्न सक्छ भूकम्पअघि एकदमै पिछडिएको भारतको पश्चिमी राज्य गुजरात पुनर्निर्माणकै कारण भारतकै आर्थिक पावरहाउस कसरी बन्यो भन्ने कुरा कम रोचक अनुकरणीय छैन त्यसबाट पाठ मात्रै सिकेको भए वा त्यहाँको पुनर्निर्माणलाई नेतृत्व गर्नेमध्येका कसैको क्षमता अनुभवलाई नेपालमा प्रयोग गरेको भए पनि नेपाललाई ठूलै लाभ हुन्थ्यो तर, आजको दिनमा यो लेखिरहँदा राष्ट्रघातीको बिल्ला कसैले भिराइदेला कि भन्ने डर
गुजरात भूकम्पमा २० हजार मानिसको मृत्य भएको थियो, १० लाखभन्दा बढी विस्थापित भएका थिए त्यसअघि गुजरात भारतकै सबैभन्दा बेवास्ता गरिएको राज्यमध्येमा पथ्र्यो तर, भूकम्पपछिको समयमा भारत सरकारले उसलाई उच्च प्राथमिकता दियो भूकम्पले क्षति गर्नुअघि मध्ययुगीन अवस्थामा रहेको गुजरात आजको दिनमा भारतको सबैभन्दा गतिशील राज्य बनेको त्यही कारण राजकीय भ्रमणमा नयाँदिल्ली गएका हाम्रा प्रधानमन्त्री केपी ओलीलाई भारतले गुजरात भूकम्पको इपिसेन्टर भुजको यात्रा गराएको थियो, तर त्यहाँबाट उनले के सिके, एक शब्द सुन्नसमेत पाइएको छैन
सन् १९४५ मा दोस्रो विश्वयुद्धमा पराजित भएपछि भएको जापानको पुनर्निर्माण अर्को उदाहरण हो १९४५ देखि १९५२ सम्मलाई जापानको पुनर्निर्माणको युग नै मानिन्छ जापानको अर्थव्यवस्था भौतिक संरचना दोस्रो विश्वयुद्धमा ध्वस्तजस्तै भएको थियो वास्तवमा त्यही अवस्थाले जापानलाई तीव्र रूपमा पुनर्निर्माणका लागि प्रेरणा दियो जापानमा सन् २०११ मा आएको भूकम्प सुनामी दोस्रो विश्वयुद्धपछिको ठूलो विनाशकारी थियो त्यसले जापानमा १६ हजार मानिसको मृत्यु भएको थियो, तीन हजारभन्दा बढी हराए तर, केन्द्रीय स्थानीय सरकारबीच भएको तीव्र विवादका कारण यसपटक भने जापानको पुनर्निर्माण अत्यन्तै सुस्त , स्थानीय असन्तुष्ट छन् हाम्रा प्रधामन्त्रीले पुनर्निर्माण चाँडै हुने काम होइन भन्ने जापानको उदाहरण यही कारणले दिएका हुन्
चिलीमा सन् २०१० मा गएको भूकम्पपछिको सफल पुनर्निर्माण एकदमै तीव्र रूपमा गरियो हुन इतिहासकै सबैभन्दा ठूलोमध्येको मानिएको त्यस भूकम्पले त्यस्तो भौतिक ध्वंस उत्पात गरे पनि त्यस्तो मानवीय क्षति गरेको थिएन त्यसअघि पछि पनि चिलीमा धेरै ठुल्ठूला भूकम्प आइरहेका छन्, तर संरचना भूकम्पप्रतिरोधी बनाइएकाले क्षति भयानक हुने गरेको छैन सन् २०१० पछि त्यहाँ पनि पुनर्निर्माणका क्रममा निजी क्षेत्रलाई प्रयोग गरिएको थियो चिलीले प्रविधि जनशक्तिलाई परिचालनमा प्रयोग गरेको मोडल नेपालको पुनर्निर्माणमा लगाउने चेष्टा पनि कसैले गरेन
पहाडी मुलुक नेपालका बस्ती भूकम्पले विनाश भएका छन्, अब उचित स्थान छनोट गरी तिनलाई पुनस्र्थापित (रिसेटलमेन्ट) गर्न सकिने स्थिति सिर्जना भएको मुलुकको आवश्यकता विकासको वितरणलाई ध्यानमा राखेर अब नयाँ बस्ती निर्माण गर्न सकिन्छ आर्थिक विकासमा नयाँ किसिमको मोडेल तयार गर्न सकिने वेला पनि यही हो परिचालन गर्न सक्ने हो भने पुनर्निर्माणका लागि श्रमको कमी छैन, सीपको कमी हुनेछैन दाताहरूले चार खर्ब रुपैयाँभन्दा धेरै रकम सहयोगको प्रतिबद्धता गरेकाले स्रोतको पनि कमी छैन जुटेको जुट्न सक्ने श्रम, सीप पुँँजीलाई उचित ढंगले परिचालन गर्न सक्ने नेतृत्वको चाहिँ साँच्चै खाँचो आजको परिस्थिति वातावरण हेरेर होइन, सय वर्षपछिको नेपालको विकासको स्तर परिकल्पना गरेर मार्गनिर्देश गर्नसक्ने नेतृत्वको आवश्यकता आज गर्नुपर्ने काम गरिएन वा नगर्नुपर्ने काम गरियो भने त्यसले मुलुकको पुनर्निर्माणको काम तहसनहस हुनेछ , पुस्तौँपुस्तासम्म नेपाली अव्यवस्थामै बाँच्न अभिशप्त हुनेछन्
दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापानको पुनर्निर्माणको नेतृत्व एक अमेरिकीले गरेका थिए जनरल डग्लस म्याकआर्थरले सुप्रिम कमान्डर अफ अलाइड पावर्स (एसिएपी)का रूपमा जापानमा अमेरिकी शासनको नेतृत्व गरेका थिए, जसले आधुनिक जापान निर्माणको जग निर्माण गर्यो हाम्रो सन्दर्भ फरक , तर काम उस्तै हो बेलायत भारतले केन्द्रीय बैंकको नेतृत्व विदेशी नागरिकलाई दिएका छन् तर, हामीले इतिहासकै सबैभन्दा महत्त्वपूर्ण काम पुनर्निर्माणलाई पनि त्यो स्तरको प्राथमिकता दिएनौँ अझै पनि मध्ययुगीन कृषि समाजका रूपमा रहेका पहाडी क्षेत्रबाट आधुनिक नेपाल निर्माणको महान् कामको थालनीको अवसर हामीले गुमाउँदै छौँ जुन देशमा जिम्मेवारीविहीनता नै संस्कृति बन्छ, त्यो देशमा जिम्मेवारी कसले लिने ?
 नयाँ पत्रिका
- See more at: http://www.enayapatrika.com/2016/05/62441#sthash.8xVox2VR.dpuf

No comments:

Post a Comment