जेठ ९, काठमाडौं । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमयदर बुधवार ८८
दशमलव २३ रुपैयाँ पुगेको छ । यो नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा बढी
कमजोर भएको अवस्था हो । पछिल्लो समय वैशाख २१ गतेदेखि प्रतिअमेरिकी डलर ८५
रुपैयाँ टेकेको विनिमय दर त्यसभन्दा कम हुन सकेको छैन । अमेरिकी डलरको
तुलनामा भारतीय रुपयाको भाउ निरन्तर घटेपछि नेपाली रुपैयाँ पनि कमजोर बन्न
पुगेको हो । मे २२ मा १ अमेरिकी डलरबराबर भारू ५५ दशमलव ४२ मा कारोबार भएको
थियो ।
भारूको पनि यो अमेरिकी डलरको तुलनामा इतिहासकै सबैभन्दा बढी कमजोर अवस्था
हो । भारतीय विदेशी विनिमय विशेषज्ञहरूले यसै हप्ताको अन्त्यसम्ममा
प्रतिडलर भारू ५६ पुग्ने अनुमान गरेका छन् ।
नेपाली रुपैयाँ कमजोर बनेको कारण आयातित सामानको उपभोक्ता मूल्य बढ्छ । तर, विदेशमा काम गर्ने र विप्रेषण पठाउने नेपाली भने लाभान्वित हुनेछन् । ‘यसले नेपालको भुक्तानी सन्तुलन सकारात्मक नै रहने आशा गर्न सकिन्छ,’ एक अर्थशास्त्रीले भने, ‘तर, भोलि विप्रेषण आप्रवाह कम भयो भने त्यसले देशको भुक्तानी सन्तुलनमा तुरुन्तै नकारात्मक असर पार्नेछ ।’
गत डिसेम्बर १६ तारीखमा १ अमेरिकी डलरको विनिमयदर त्यसबेलासम्मकै उच्च ८६ दशमलव ३७ नेपाली रुपैयाँ पुगेको थियो । तर, अहिले त्यसलाई पनि उछिनेर ८८ रुपैयाँभन्दा माथि पुगेको छ । र, यो अभै बढ्ने सम्भावना रहेको अर्थशास्त्रीहरू बताउँछन् । नेपालको भुक्तानी सन्तुलनको अवस्था र अन्य आर्थिक परिसूचकहरू सकारात्मक रहेको अवस्थामा नेपाली रुपैयाँको अवमूल्यन हुनुपर्ने कारण छैन । तर, भारतको बढ्दो व्यापार घाटा, घट्दो वैदेशिक लगानीलगायतका कारणबाट कमजोर हुन थालेको भुक्तानी सन्तुलनले भारूको मूल्य निरन्तर घटिरहेको छ । ‘भारुअनुसार नेपाली रुपैयाँको गति निर्धारण हुने हुनाले हामीले चुप लागेर हेर्नुबाहेक अन्य कुनै उपाय छैन,’ ती अर्थशास्त्रीले भने ।
गतवर्षको मे १ तारीखका दिन १ अमेरिकी डलरबराबर ७१ दशमलव २५ नेपाली रुपैयाँ विनिमय दर थियो, त्यस दिनदेखि हालसम्मको अवधिमा नेपाली रुपैयाँ डलरको तुलनामा १७ रुपैयाँले कमजोर भइसकेको छ । तैपनि अमेरिकी डलरसँगको नेपाली रुपैयाँको अहिलेको विनियमदर उचित र स्वाभाविक रहेको ती अर्थशास्त्री बताउँछन् । देशको अर्थतन्त्रको अवस्था, अन्तरराष्ट्रिय व्यापार तथा भुक्तानी सन्तुलनका आधारमा हेर्दा अहिलेको विनिमयदरलाई अस्वाभाविक मात्र नहुने उनको तर्क छ । उनी भन्छन्, ‘अन्तरराष्ट्रिय मुद्राकोषले केही वर्षअघि नेपाली रुपैयाँको १५ देखि २० प्रतिशतले अवमूल्यन हुनुपर्ने बताएको थियो । त्यसअनुसार हेर्दा पनि यो विनिमयदर उचित हो ।’

No comments:
Post a Comment