नेपाल राष्ट्र बैङ्कले हालै गरेको एक अध्ययनअनुसार नेपाली उद्योगहरूको कुल जडित क्षमतामध्ये औसतमा ५८ प्रतिशतमात्रै उपयोग भएको देखिएको छ । कुनै पनि उद्योगको शतप्रतिशत उत्पादन क्षमता त हुँदैन, त्यसमा विभिन्न प्राविधिक पक्षले असर गरेका हुन्छन् । तर, कुनैकुनै उद्योगले क्षमताको २२–२३ प्रतिशत मात्रै उत्पादन गर्न सक्नुले भने नेपालको औद्योगिक क्षेत्र साँच्चै नै कमजोर अवस्थामा छ भन्ने बुझिन्छ । यसरी औद्योगिक क्षेत्रको उत्पादन क्षमताभन्दा निकै कम हुनुमा मुख्यतः पाँचओटा विषयहरूले भूमिका खेलेका छन्– ऊर्जा अभाव, मजदूरसम्बन्धी समस्या, पुरानो एवम् ऊर्जासघन प्रविधि, कम माग, बन्दहडताल एवम् प्रतिकूल राजनीतिक वातावरण र बिदा । उल्लिखित विषयहरूलाई उचित तरीकाले सम्बोधन गर्न सकियो भने नेपाली उद्योगहरूको उत्पादकत्व बढाउन सकिन्छ । होइन, यी सबै पक्षलाई सम्बोधन गर्दा पनि कुनै उद्योगको उत्पादन क्षमता बढ्न सकेन भने उद्योगी तथा मुलुकले त्यसको विकल्प खोज्नुपर्छ ।
नेपाली उद्योगहरूले अहिले सामना गरिरहेको सबैभन्दा ठूलो समस्या भनेको ऊर्जा अभाव हो । उद्योगहरूले सामना गरेको ऊर्जा अभावलाई पनि विशिष्टीकृत गरी विद्युत् अभावसँग लगेर जोड्नु आवश्यक छ । डिजेल प्लाण्टबाट उद्योग चलाउनु निकै महँगो पर्ने भएपछि नेपालका अधिकांश उद्योग जलविद्युत्मा निर्भर छन् । तर, दैनिक १८ घण्टासम्म हुने विद्युत् कटौतीका कारण उद्योगीहरू आक्रान्त बनेका छन् । विद्युत् अभावकै कारण नयाँ उद्योगहरू अपेक्षित रूपमा खुल्न सकेका छैनन् भने पुराना उद्योगले जडित क्षमता र उत्पादन घटाएका छन् । यद्यपि फलामे रड उद्योगहरूले विगत केही समययता क्षमता विस्तार गरिरहेका छन् । तर, उनीहरूको उत्पादन क्षमताको कुल २९ प्रतिशत मात्रै उपयोग भएको तथ्याङ्कले देखाएको छ । यसको अर्थ के हो भने ती उद्योगलाई आफ्नो उत्पादन कम हुन नदिनका लागि विद्युत् आपूर्ति भएको बखत बढी उत्पादन गर्ने गरी क्षमता वृद्धिको बाटो सजिलो भयो । यसले दुईओटा विषयलाई इङ्गित गरेको छ । पहिलो डिजेल प्लाण्ट चलाएर उद्योग सञ्चालन गर्नुभन्दा विद्युत् आपूर्ति भएका बखत उत्पादन बढाउने गरी क्षमता विस्तारमा लगानी गर्नु उद्योगीहरूका लागि फाइदाजनक भयो । दोस्रो– बजारमा आफ्नो उपस्थितिलाई कम हुन नदिनका लागि उनीहरूसँग त्यसको विकल्प पनि थिएन । चुरोट उद्योगहरूले क्षमताको २३ प्रतिशत मात्रै उत्पादन गरेको तथ्याङ्क राष्ट्र बैङ्कले दिएको छ । मुलुककै ठूलो चुरोट उद्योग जनकपुर चुरोट कारखाना बन्द भएकाले यस क्षेत्रको उत्पादन कम भएको अनुमान लगाउन सकिन्छ । तर, विद्युत् अभावकै कारण उत्पादन क्षमता बढाउनुपर्ने बाध्यता अन्य क्षेत्रलाई पनि छ । त्यसैले विद्युत् उत्पादन र आपूर्ति बढ्ने सुनिश्चितता भए उद्योगीहरू विद्युत्बापत केही थप मूल्य तिर्न पनि तयार हुनेछन् ।
मुलुकको ऊर्जा खपतको ठूलो हिस्सा औद्यागिक क्षेत्रले ओगट्ने गर्छ । औद्योगिक मुलुकहरूमा कुल ऊर्जा खपतको एक तिहाइभन्दा बढी औद्योगिक क्षेत्रमा हुने अध्ययनहरूले देखाएका छन् । त्यसो हुँदा यदि औद्योगिक क्षेत्रमा हुने ऊर्जा उपयोगमा कमी ल्याउन सकियो भने पनि ऊर्जासङ्कटबाट पार पाउन सकिन्छ । त्यसका लागि उद्योगीहरूले ऊर्जाकुशल औद्योगिक प्रणालीको विकास गर्नु एउटा गतिलो विकल्प हो । नेपालका धेरै उद्योग पुरानो ऊर्जासघन (इनर्जी इन्टेन्सिभ) प्रविधिमा आधारित छन् । यदि त्यसका विकल्पमा उद्योगहरू ऊर्जाकुशल हुन सके भने ऊर्जाको माग त कम हुने नै छ, उत्पादन क्षमता पनि बढ्नेछ । यसका लागि विज्ञलाई बोलाएर उद्योगमा ‘इनर्जी अडिट’ गराउन सकिन्छ ।
तर, मुलुकमा सृजित ऊर्जा अभावले लगानीको अर्को सम्भाव्य क्षेत्रको पनि पहिचान गराएको छ– त्यो हो ऊर्जा उद्योग । पछिल्लो समयमा नेपालमा जलविद्युत्मा निजी लगानी गराउनका लागि पनि राम्रै प्रयासहरू भएका छन् । तर पनि यस क्षेत्रमा उचित मात्रामा लगानी हुन सकेको छैन । त्यसो हुनुको प्रमुख कारण भनेको अनुमान गर्न नसकिने नीतिहरू र अस्थिर राजनीति नै हो । राजनीतिक वातावरणमा सुधार हुने हो भने ऊर्जा क्षेत्रमा निकै ठूलो लगानी हुने पछिल्लो समयमा विद्युत् उत्पादन गर्न चाहने उद्योगहरूको दर्ता बढेको उद्योग विभागको तथ्याङ्कले पनि प्रमाणित गर्छ ।
नेपाली उद्योगहरूको उत्पादन क्षमताको तुलनामा निकै कम हुनुको अर्को कारण भनेको मजदूरसँग सम्बन्धित समस्या पनि हो । मजदूरसँग सम्बन्धित समस्या भन्नेबित्तिकै बन्दहडताल भनेर बुभ्ने बानी नै परिसक्यो । तर, नेपाली उद्योगहरूले पछिल्लो समयमा दक्ष तथा अदक्ष दुवै किसिमका मजदूरको अभाव झेलिरहेका छन् । जब उत्पादन गर्ने प्रमुख शक्ति मजदूर नै हुँदैनन् भने उत्पादन घट्नु स्वाभाविक हो । यो समस्या समाधानका लागि दुई विकल्प छन्, पहिलो– यान्त्रीकरण, दोस्रो– मजदूरहरूको क्षमता बढाई राम्रो तलबसुविधा प्रदान गर्नु । मजदूरहरू वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै उद्योगहरूमा कामदारको अभाव हुन थालेको हो । त्यसैले वैदेशिक रोजगारीमा गएर पाउने आम्दानीभन्दा यहीँ राम्रो कमाइ हुने भयो भने मजदूर अभावको समस्या समाधान हुनेछ । मजदूरसँग जोडिएको अर्को विषय के हो भने नेपाली मजदूरहरू नै कार्यकुशल छैनन् । उदाहरणका लागि तयारी पोशाक उद्योगमा काम गर्ने नेपाली मजदूरले ८ घण्टामा औसत १० ओटा सर्ट बनाउन सक्छ भने सोही अवधिमा बङ्गलादेशी मजदूरले १५ ओटा बनाउन सक्छ । मजदूरहरूलाई कार्यकुशल बनाउनका लागि पहिलो त उनीहरूलाई तालीमको व्यवस्था गर्नुपर्छ । त्यसका लागि सरकार र निजीक्षेत्रको संयुक्त प्रयास हुनु आवश्यक छ । दोस्रो, मजदूरहरूलाई राजनीतिक उत्प्रेरणाबाट मुक्त गर्न सकियो भने पनि उनीहरूको उत्पादकत्व बढाउन मद्दत मिल्नेछ । अहिले राजनीतिक सङ्गठनमा आबद्ध हुने मजदूरलाई न त निकाल्न सक्ने, न त काममा लगाउन सक्ने अप्ठ्यारो अवस्था नेपाली उद्योगहरूले भोगिरहेका छन् । राजनीतिक पार्टीको झण्डा बोक्ने मजदूर सङ्गठनहरूले आफ्नो हकहितका लागि सामूहिक सौदाबाजी गर्नेभन्दा पनि दलको स्वार्थमा काम गर्छन्, त्यो हामी सबैले देखे भोगेकै कुरा हो ।
उद्योगहरूले कार्यसमयमा कुनै अवरोधविना काम गर्न पाए भने उनीहरूको उत्पादकत्व स्वतः बढ्छ । तर, नेपालमा बन्दहडताल, सडकमा अवरोध, बिदापर्व, विद्युत् कटौतीलगायत कारणले उद्योगहरू पूरा समय चल्न सकेका छैनन् । मुलुकमा राजनीतिक अस्थिरता कायम रहेको अवस्थामा कुन दिन कहाँ बन्द हुने हो, त्यो कसैले अनुमान लगाउन सक्ने अवस्था छैन । त्यसरी बन्द हुँदा कुनै उद्योगको कच्चापदार्थ चार–पाँच दिन रोकियो भने त्यो उद्योगको उत्पादन क्षमता स्वतः घट्छ नै, उसलाई लाखौं–करोडौं रूपैयाँ नोक्सानीसमेत हुन्छ । दिनमा विद्युत् आउनेभन्दा जाने समय बढी हुँदा उद्योगहरूले ३ घण्टा उद्योग चलाउने ५ घण्टा बन्द गर्नुपर्ने बाध्यता छ । मुलुकमा विभिन्न जातजातिहरूको पर्वमा अत्यधिक रूपमा बिदा दिने प्रचलन छ । त्यसले पनि काम गर्ने अवधिलाई छोट्याउँछ । ३ सय ६५ दिन नै विनाअवरोध काम गर्न पाउँदाभन्दा बीचमा आउने अवरोधलाई सामना गर्दै चाडपर्वको बिदा पनि मनाउँदै काम गर्दा उद्योगको उत्पादकत्वमा कति फरक पर्ला, सबैले अनुमान लगाउन सक्ने विषय हो ।
यसरी उद्योगहरूको उत्पादकत्व घट्नुको सीधा सम्बन्ध मुलुकको राजनीतिक वातावरणसँग छ । दोस्रो जनआन्दोलन नाम दिइएको आन्दोलनपछि मुलुकमा शान्ति प्रक्रिया शुरू भएको पनि ७ वर्ष बितिसक्यो । तर, मुलुकमा शान्तिसुरक्षा, अमनचयन स्थापित हुन सकेको छैन । राजनीतिक दलका कार्यकर्ता र मजदूर सङ्गठनहरू बन्दहडताल गर्नेदेखि उद्योग बन्द गराउने, चन्दा असुली गर्ने क्रियाकलापमा व्यस्त छन् । समयमा संविधान बन्न नसक्दा भोलिको दीर्घकालीन आर्थिक नीति कस्तो हुने भन्ने अन्योल यथावत् छ । मुलुकका जिम्मेवार भनिएका राजनीतिक दलहरूलाई सङ्क्रमणकाल लम्बिँदै जाँदा औद्योगिक क्षेत्रमा कस्तो नकारात्मक प्रभाव पर्ला भनेर सोच्ने फुर्सद नै छैन । यस्तो जटिल परिस्थिति हुँदाहुँदै पनि मुलुकको निजीक्षेत्रले आफ्नो बलबुताले भ्याएसम्म औद्योगिक उत्पादन गरेकै छ, त्यसलाई सम्मान गर्नुपर्छ । तर, मुलुकको राजनीति सुध्रिएर सकारात्मक व्यावसायिक वातावरण नबनुन्जेल उद्योगहरूको उत्पादन बढ्ने र औद्योगिक क्षेत्रमा उल्लेखनीय रूपमा नयाँ लगानी आउने सम्भावना छैन । यसतर्फ सबैले विचार पुर्याउन आवश्यक छ । उद्योगीहरूले प्रविधिमा सुधार, यान्त्रीकरणलगायतका विकल्प प्रयोग गरेर उत्पादकत्व बढाउनेतर्फ पहल गर्न थालेका छन् । अब त्यसको गति बढ्छ । त्यसो गर्दा पनि उत्पादन बढ्न नसक्ने कुनै यस्ता उद्योग हुन सक्छन्, जसलाई बन्द गर्दा नै तुलनात्मक रूपमा बढी लाभ हुन सक्छ । मुलुकभित्र देखिएको पछिल्लो समयको प्रवृत्ति हेर्दा उत्पादनमूलकभन्दा सेवा उद्योगबाट बढी लाभ देखिएको छ । त्यसैले उत्पादकत्व कम भएको उद्योगबाट सेवा उद्योगतिर लगानी सार्ने प्रवृत्ति पनि अबका दिन झन् तीव्र हुने सम्भावना छ ।

No comments:
Post a Comment