विनोद चौधरी
अध्यक्ष, चौधरी ग्रूप
‘अहिले वर्षको १ अर्ब प्याकेट वाइवाइ चाउचाउ उत्पादन हुन्छ, जुन विश्व चाउचाउ उद्योगको १ प्रतिशत हो,’ वाइवाइका उत्पादक उद्योगी विनोद चौधरीको दाबी छ । थाइल्याण्डको एक सामान्य ब्राण्ड वाइवाइलाई नेपाल भिœयाएर अहिले अन्तरराष्ट्रियस्तरमा पु¥याएको कथा समेटिएको पुस्तक ‘विनोद चौधरी ः आत्मकथा’ हालै बजारमा आएको छ । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका प्रतिष्ठित उद्योगपति चौधरी स्वयम्ले पुस्तकको औपचारिक विमोचनसमेत गरे । चौधरीले पत्रकार सुदीप श्रेष्ठस“गको सहकार्यमा यो किताब लेखेका हुन् । चौधरीले आप्नो र चौधरी ग्रूपको आरोह–अवरोहलाई यो पुस्तकमा समेटेका छन् । तर, चौधरीस“ग जोडिएका अन्य धेरै विषयवस्तु छन्, जुन पुस्तकमा समेटिएका छैनन् । तिनै विषयवस्तुमा केन्द्रित रहेर आर्थिक अभियानका जनार्दन बरालले चौधरीस“ग गरेको कुराकानीको सार ः
यस पुस्तकमा लेखिएका कुरा शतप्रतिशत सत्य हुन् भनेर कसम खान सक्नुहुन्छ ?
पुस्तकमा जे लेखिएका छन्, ती १ हजार प्रतिशत सही हुन् । यो पुस्तकमा लेखिएका, देखिएका र यो पुस्तकमा सन्दर्भअनुसार आएका यस्ता प्रशस्त पात्रहरू छन्, जो जीवित छन् । ती जीवित पात्रले निश्चय पनि यो कुरालाई पुष्टि गर्छन् ।
कहीकही आफ्ना कमजोरीहरूलाई कमै मात्रै देखाउन खोज्नुभएकोजस्तो देखिन्छ ?
कमजोरी नभएको मानिस नै हुँदैन । यदि ती कमजोरीलाई लुकाउने नै उद्देश्य भएको भए, त्यो यो किताबप्रति इमानदारी नगरेको ठहर्छ । तर, म यो किताबप्रति १ हजार प्रतिशत इमानदार छु भनेर त मैले भनी नै सकेँ । नेपालयलाई यो पुस्तक छाप्ने अनुमति दिँदा नै मैले इमानदार बन्छु भन्ने सङ्कल्प गरेरै दिएको हुँ । त्यसबाट धेरै मानिस ले मलाई केही भन्ने ठाउँ रहला । केही मानिसहरू रिसाउने ठाउँ पनि रहला । म र मेरो समूहमाथि भोलिका दिनमा कसैको छड्के दृष्टिकोण पनि रहला । त्यो जीवनकै एक हिस्सा हो ।
तपाईंले बोलेका÷रेकर्ड गराएका कति प्रतिशत कुरा वा के के कुरा पछि प्रिण्टमा पढेपछि काट्नुभयो, के के र किन ?
यो पुस्तक धेरै ठूलो भएको थियो, लगभग योभन्दा दोब्बर आकारको । प्राविधिक र व्यावहारिक कारणले गर्दा यसलाई घटाउने काम ग¥यौं । वास्तवमा निकै नै निर्दयतापूर्वक यसमा काट्ने काम भएको छ । पाठकले रुचाए र बुझ्न चाहे भने भोलिका दिनमा काटिएका विषयहरू राखेर पनि प्रकाशन गर्न सकिन्छ । हामीले यो पुस्तकमाथि ५ वर्ष काम ग¥यौं, जुन निकै लामो समय हो । वास्तवमा यो पुस्तक लेखनका क्रममा मैले दोहो¥याएर जीवन बाँच्ने मौका पाएँ । किनभने, आत्मकथा लेख्दा रहेक पुराना घटनालाई सम्झनुपर्छ, त्यो जीवनलाई दोहो¥याएर बाँच्नु हो ।
तपाईंको आत्मकथा पढेपछि भारतका प्रसिद्ध व्यवसायी धिरुभाइ अम्बानीले जेजे बोल्नुहुन्थ्यो वा गर्नुहुन्थ्यो, त्यस्तै बोलिरहेको र गरिरहेकोजस्तो देखिन्छ । के तपाईं उहा“बाट उत्प्रेरित उद्योगी हो ?
मैले सधैं भन्ने गर्छु, म भारतमा दुई जनाबाट प्रभावित– एक जना जेआरडी टाटा र अर्को धिरुभाइ अम्बानी । जेआरडी टाटाले टाटा ग्रूपले जुन किसिमको छवि दिए, अन्य कुनै पनि बिजनेश हाउसले गरेको थिएन । तर, भारतीय औद्योगिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्ने काम भने धिरुभाइ अम्बानीले गरेका हुन् । त्यस अर्थमा म उनको निकै ठूलो प्रशंसक हुँ ।
यसमा धेरै कुरा तपाईंको जेजे कुरामा आलोचना हुने गरेको छ, तिनैमा केन्द्रित भएर आफ्नो एकतर्फी स्पष्टीकरणका रूपमा आएको जस्तो छ नि ?
मेरो जीवन नै स्पष्टीकरण दिनमा बितेको भए त त्यो आत्मकथामा आउने थिए होलान् । तर, म के मान्छु भने मेरो जीवन एउटा ठूलो संस्कार र पद्धति निर्माणमा बितेको छ । त्यसो हुँदा यो कथा भनेको त्यही पद्धति र संस्कारको हो । त्यसैले यस किसिमका आलोचनालाई म त्यति धेरै महŒव दिन्नँ ।
केही मानिसहरू तपाईंले यो किताब निकाल्नुको मुख्य कारण अर्कै छ भन्छन् । जस्तो कि, तपाईंले पैसा त कमाउनुभयो । तर, सहीभन्दा धेरै गलत तरीकाले पैसा कमाउनुभयो र यो पुस्तक आप्mनो छवि राम्रो देखाउन लेखिएको हो भन्छन् नि ?
मैले त्यस किसिमको प्रतिक्रिया अहिलेसम्म सुनेको छैन । नेपालको व्यावसायिक क्षेत्रमा हाम्रो समूहको स्थिति सबैभन्दा सम्मानित र नैतिक व्यावसायिक समूहका रूपमा रहेको छ । यसरी यो प्रश्न र चौधरी ग्रूपमाथिको हाम्रो मूल्याङ्कन नितान्त फरक छ । अहिले नेपालको कर्पोरेट क्षेत्र बलात्कारीहरूको भीडमा एउटी महिलाले इज्जत जोगाउन जति गाह्रो हुन्छ, त्यही अवस्थामा छ । एउटा कर्पोरेट हाउसको मिडियाले चीरहरण गरिदिन्छ, कर्मचारीतन्त्रले चीरहरण गरिदिन्छ, राजनीतिक दलहरूले पनि त्यसै गरिदिन्छन् । कसैकसैले यहाँ एउटा ब्लग चलाएर बसेका छन्, उनीहरूलाई कसले कहाँबाट लगानी गरेको छ थाहा हुँदैन, तर उसको काम सधैं नकारात्मक कुरा मात्रै गर्नु हुन्छ । यस्तो वातावरणमा एउटा प्रतिष्ठित ब्राण्ड र समूह बन्ने कार्यमा सीजी अत्यन्तै सफल भएको छ । यस्तो अवस्था हुँदाहुँदै कसैले तपाईंले भनेजस्तो सोच्छ भने त्यो विकृत मानसिकताबाहेक केही पनि होइन ।
तपाईंले दक्षिण कोरियाली तत्कालीन राष्ट्रपति पार्क चुङ–हीको खुलेर प्रशंसा गर्नुभएको छ, तपाईं उद्योगीहरूलाई राज्यले प्रोत्साहन गर्नुपर्छ भन्ने मान्यता राख्ने उद्योगी हो ?
पार्क चुङ–हीले आफ्नो प्रत्यक्ष योजनामा दक्षिण कोरियामा बहुराष्ट्रिय कम्पनीहरू जन्माए । त्यसैको परिणामस्वरूप अहिले दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनीहरू संसारभरि नै उम्दा भएर निस्केका छन् । म त्यसको शतप्रतिशत समर्थक हुँ । हाम्रोजस्तो देशमा राज्यको सहयोगविना निजीक्षेत्रको विकास सम्भव हुँदैन भन्ने मेरो स्पष्ट मान्यता छ । राज्यले आप्mनो हातका रूपमा निजीक्षेत्रलाई लिएका देशहरू जापान, कोरियालगायतको विकास तीव्र रूपमा भएको छ । र, यहाँ पनि त्यही हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
केहीले तपाईंलाई व्यवसाय रहिरहे पनि अब नेपालबाट लगभग पलायन हुन लागेको स्थिति हो पनि भनेका छन् ? केही वर्षयता वाइवाइलगायत दुई÷चार उद्योगबाहेक आन्तरिक रूपमा सीजी उद्योगभन्दा आयात व्यापारमा आफूलाई केन्द्रित गर्दै लगेको देखिन्छ । किन ?
यो पनि फेरि त्यही विकृत मानसिकताको उपजका रूपमा आएको प्रश्नजस्तो लाग्यो । विगत २० वर्षको दौरानमा मुलुक चरम् द्वन्द्वमा फस्यो । आज पनि कुनै न कुनै रूपमा मुलुकमा द्वन्द्व कायमै छ । त्यसो हुँदाहुँदै पनि भर्टिकल्ली र होरिजण्टल्ली व्यापक रूपमा विकास गरेको समूह भनेको सीजी नै हो । सीजीको निजी उद्योग ग्रामभित्र त्यसबेला तीनओटा उद्योग थिए भने अहिले १४ ओटा छन् । त्यसबेला ५ सय मानिस काम गर्थे भने अहिले ३ हजार काम गर्छन् । सीजीका बिजनेश भर्टिकल त्यसबेला ६ ओटा थिए भने अहिले १० ओटा छन् । त्यो १० ओटामा अहिले सिमेण्ट पनि थपिएको छ । हामीले राष्ट्रकै सबैभन्दा ठूलो सिमेण्ट कारखाना निर्माण गर्दैछौं । २ सय ४० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाहरू हामी निर्माण गर्दैछौं । हामी आयुर्वेद क्षेत्रमा प्रवेश गरेका छौं । शिक्षाका क्षेत्रमा हामीले पाँचओटा शैक्षिक संस्था सञ्चालनमा ल्याएका छौं, जसमा ४ हजार विद्यार्थी पढिरहेका छन् । शिक्षामा हामी १ अर्ब रुपैयाँ लगानी गर्दैछौं, त्यसपछि थप १० हजार विद्यार्थी हाम्रा शैक्षिक संस्थाहरूमा वार्षिक रूपमा पढ्नेछन् । आतिथ्य सत्कार क्षेत्रमा पनि लगानी गर्दैैछौं । तपाईं धेरै टाढा जानु पर्दैैन, यही क्षेत्रलाई बहुत नजिकबाट हेरेर विश्लेषणात्मक समाचार लेख्ने पत्रिका आर्थिक अभियान हो । तपाईंले अभियानका पुराना पानाहरू पल्टाउनुभयो भने तपाईंले सोधेको प्रश्नको उत्तर त्यहीँ छ ।
किताबमा तपाईंले सर्पको छाला निर्यात गर्नुभएको आरोपबारे त केही भन्नुभएको छ । तर, तपाईंले कस्तुरीबाट पनि पैसा कमाउनुभएको हो भन्छन् । त्यो त उल्लेख गर्नुभएन नि ?
त्यसबेला नेपालबाट कस्तुरी निर्यात गर्नु वैधानिक नै थियो । यति नै साल भनेर त म भन्न सक्दिनँ । तर, यहाँबाट पनि कस्तुरी प्रशस्त निर्यात हुन्थ्यो । तिब्बतबाट यहाँ आएर नेपाल हुँदै पनि निर्यात हुन्थ्यो । कस्तुरी नेपालबाट फ्रान्स, हङकङलगायतका देशमा बकाइदा निर्यात हुन्थ्यो । नेपालका धेरै प्रतिष्ठित व्यापारीहरूको प्रमुख व्यवसाय नै कस्तुरीको निर्यात थियो । कतिसम्म भने याक एण्ड यतीका मालिक राधेश्याम सर्राफको ठूलो व्यवसाय नै कस्तुरीको निर्यात थियो । तर, पछि गएर कस्तुरी निर्यातमा प्रतिबन्ध लाग्यो ।
तपाईंले नेकपा (एमाले)लाई तपाईंहरू आफ्नो दस्तावेजबाट दलाल–नोकरशाही पू“जीपतिजस्ता शब्द हटाएपछि मात्रै सहकार्य हुने बताउनुभएको भनेर पुस्तकमा उल्लेख गर्नुभएको छ, तर सरकारमा बसेकाहरू वा राज्य सञ्चालकलाई प्रभावमा पारेर व्यवसाय बढाउने काम आफूले पनि गरेको स्वीकार गर्नुभएको छ, कम्युनिष्टहरूले भन्ने गरेको नोकरशाही पू“जीवाद भनेको त्यही होइन र ?
आफ्नो कुनै उद्योग नभएको तर विदेशीको नोकरसरह काम गर्ने र अरूलाई पनि त्यसै गर्न प्रेरित गर्ने व्यवसायीहरूलाई कम्युनिष्टहरूले दलाल–नोकरशाही पूँजीपति भन्ने गर्छन् । तर, यो त वाहियात तर्क भयो । सिङ्गापुरजस्ता देशहरूको काम नै व्यापार हो, उसले विश्वभरिका उत्पादनको व्यापार गर्छ । अब के उसलाई दलाल राष्ट्र भनिदिने त ? आज त्यही दलाल तथा नोकरशाही पूँजीपतिलाई कुनकुन पार्टीले राष्ट्रिय पूँजीपतिमा परिवर्तन ग¥यो, त्यो कसैले भन्न सके हुन्थ्यो नि त ? अहिले त भइरहेका उद्योगहरू बन्द गराएर व्यापार गर्नुपर्ने अवस्था आइरहेको छ । यसतर्फ ती पार्टीहरूको ध्यान खै गएको ?
चाउचाउ व्यवसायमा पनि तपाईंले जति मेहनत गर्नुभयो, सो उद्योग स्थापनामा हिमालय पाण्डेको पनि त्यति नै हात थियो भनिन्छ । तर, तपाईंले उहा“को नामै लिनुभएको छैन किन ?
मैले अघि नै भनेँ, पुस्तकमा भएका हरेक अध्यायबाट यही आकारको छुट्टै पुस्तक लेख्न सकिन्छ । अन्य धेरै मित्रहरूले यस ठाउँमा मेरो नाम छुट्यो, त्यो मिटिङमा त म पनि थिएँ नि भन्ने प्रतिक्रिया दिनुभएको छ । त्यो सबै कुरा लेख्यो भने यो पुस्तक १० गुणा बढी आकारको बन्न सक्थ्यो । तर, त्यसो ग¥यो भने त महाभारत नै बन्ने डर भयो ।
तपाईंस“ग वर्षौं सङ्गत गर्ने, व्यवसाय गरेकाहरू तपाईंलाईं सुखको मात्र साथी भन्छन् । कुनै प्रयोजनका लागि कोहीस“ग नजिकको सम्बन्ध बनाउने र काम सकिएपछि त्यसलाई छोडिदिने बानी तपाईंमा छ भन्छन् । यो पुस्तक पढ्दा पनि त्यस्तै देखिन्छ, जस्तै, राजकुमार काका, बजरङ्ग–राधेश्याम दाजुभाइ, राजपरिवार, पञ्चायत, नेपाली काङ्ग्रेस, नेपाल उद्योग वाणिज्य महासङ्घ सबैलाई तपाईंले छोड्दै आउनुभएको देखियो नि ?
कुनै पनि आग्रह र पूर्वाग्रह छोडेर हेरियो भने त्यस्तो देखिँदैन । एउटा घटना सकिएपछि अर्को घटना शुरू हुँदो रहेछ । हिजोको एउटा घटनाले मलाई अप्ठ्यारोमा पा¥यो, मेरो विकास रोक्यो भनेर त्यसैमा अल्झिएर बसिर≈यो भने त्यो मान्छे कहीँ पनि पुग्न सक्दैन । जीवन गतिशील छ, मानिस अघि बढिरहनुपर्छ । अझ म त कसैले कुनै किसिमको अवरोध खडा ग¥यो भने कुनै पनि हालतमा त्यो अवरोधलाई नाघेर अघि जानुपर्छ भन्ने कुराको वकालत गर्ने मानिस हुँ । तपाईंले अघि नै भन्नुभयो, कुनै ऐननियम छैन भने त्यो बन्दै जान्छ, आफू अघि बढ्दै जानुपर्छ भन्ने धिरुभाइ अम्बानीको भनाइ सम्झाउनुभएको थियो । मैले पनि धेरैथोरै त्यसै गरेको हुँ । मानिसको जीवन गतिशील बन्ने क्रममा नयाँ साथीहरू थपिँदै जान्छन्, नयाँ परिस्थितिहरू जन्मिँदै जान्छन्, नयाँ सरकार र नयाँ प्रणालीसँगको उसको गठबन्धन बढ्दै जान्छ । तर, त्यसको अर्थ पुराना छुट्दै जाने भने होइन । पुरानासँगको सम्बन्ध यथावत् रहँदै जान्छ, सम्बन्धका नयाँ आयामहरू थपिँदै जान्छन् । तर, सबै सम्बन्धहरू सबै ठाउँमा एउटै गतिमा गइरहन्छन् भन्ने कुरा सम्भव छैन । उदाहरणका लागि काङ्ग्रेसको सरकार ढलेर एमालेको सरकार बन्यो भने ऊसँग पनि एउटा व्यावसायिक सम्बन्ध राख्नु प¥यो कि परेन ? काङ्ग्रेसको मन्त्री अगाडि नराखी एमालेको मन्त्रीसँग कुरा नै गर्दिनँ भन्न पाउनुहुन्छ तपाईं ? त्यस्तो अवस्थामा विनोद चौधरीले काङ्ग्रेसलाई छोडेछ भन्न पाइन्छ ? त्यो त अमिल्दो तर्क भयो ।
तपाईंले एउटा गन्तव्य तय गर्नुहुन्छ । तपाईं अब त्यो गन्तव्यमा पुग्नका लागि विभिन्न समयमा विभिन्न रणनीति अपनाउनु पर्छ । उदाहरणका लागि म नेपाली फूटबल टिमको क्याप्टेन हुँ । मैले सकेँ भने मेरो टिमलाई ओलम्पिक विजेता बनाउनु छ । अब त्यो लक्ष्य भेट्टाउनका लागि जसलाई राख्दा म सफल हुन्छु त्यसैलाई राख्छु । त्यहाँनेर करुणा, न्याय, अन्याय, माया भन्ने कुरा केही पनि आउँदैन । माया वा करुणा गरेर लुला–लङ्गडा मानिसलाई राख्यो भने त्यो टिम कसरी विश्वविजेता हुन्छ ? संवेग र संवेदनाले व्यापार–व्यवसाय हुँदैन । एउटा लडाइँ लड्न जाँदा गोली लागेर लडेको साथीलाई सम्हाल्न लाग्यो भने तपाईं पनि मारिनुहुन्छ, लडाइँ जित्नुहुन्न । त्यसैले, घाइते साथीलाई छोडेर पनि लड्न जानु योद्धाको कर्तव्य हो । व्यापार भनेको पनि लडाइँ नै हो, त्यसमा पनि युद्धको नियम लागू हुन्छ ।
महासङ्घमा आफू हुदा राम्रो, अरू आउदा सबै नराम्रो भन्ने खालको अभिव्यक्ति आयो, निर्वाचन भएपछि एउटाले जित्छ, अर्कोले हार्छ, नामै किटेर कसैलाई विरोधी खेमामा उभ्याउनु राम्रो हो र ?
यस विषयमा किताबको नेपाल उद्योग वाणिज्य महासङ्घ –एफएनसीसीआई) र सीएनआई भन्ने अध्याय पढ्यो भने थाहा हुन्छ । तर, मैले कसैलाई विरोधी खेमामा त राखेको छैन ।
पद्म ज्योति, सुरज वैद्यहरूको नाममा त्यसैगरी प्रस्तुत भएको छ नि ?
त्यहाँ त नरेन्द्र बस्न्यात र विजय शाहको पनि त नाम छ नि । अहिले उनीहरू मेरा धेरै नजिकमा मानिस भएका छन् । नरेन्द्र बस्न्यात त भर्खरै सीएनआईको अध्यक्ष पनि भए । तपाईं एकातर्फ मलाई तपाईं यो किताबप्रति इमानदार हुनुहुन्छ कि हुनुहुन्न भन्नुहुन्छ । अर्कोतर्फ मैले इमानदार कुरा गर्दा त्यसो गर्न मिल्थ्यो र भन्नुहुन्छ । यी आफैमा विरोधाभास प्रश्नहरू भए ।
तपाईंले भारतमा चाउचाउको प्लाण्ट लगाएको कुरा त गर्नुभयो, तर त्यहा“ कति लगानी छ भन्नुभएन ? ताज होटलसगको सहकार्यमा विभिन्न लक्जरी रिसोर्ट होटलमा लगानीको कुरा गर्नुभयो, कति लगानी छ भन्नुभएन ? मुलुकभित्र र बाहिर कतिकति लगानी भएको छ ?
त्यसको लेखाजोखा हामीसँग पनि हुँदैन । हाम्रा विभिन्न कम्पनी छन्, ती कम्पनीहरू व्यावसायिक रूपमा भिन्नभिन्न मानिसले चलाइरहेका छन् । फेरि अचेल कम्पनीको मूल्याङ्कनका आधारहरू फरक भइसकेका छन् । आजका दिनमा कम्पनीको मूल्याङ्कन त्यसको ब्राण्ड, मार्केट्याबिलिटी आदिका आधारमा हुन्छ । त्यसैका आधारमा अर्को सहलगानीकर्ताले लगानी गर्छ । आज टाटा ग्रूपमा टाटा परिवारको जम्मा ३ प्रतिशतमात्रै लगानी छ । तर, टाटा ग्रूपकै नाममा अर्बौं डलरका कम्पनी उसले किनिरहेको छ, विश्वभरि व्यवसाय गरिरहेको छ । त्यसो हुँदा अहिले पूँजी कुनै ठूलो कुरा होइन । म बारम्बार भनिरहेको छु, नेपालबाट पैसा ओसारेर कसैले बहुराष्ट्रिय कम्पनी बनाउन सक्दैन । बहुराष्ट्रिय कम्पनीमा लगानी गर्न पुग्ने पैसा यहाँ कमाएको हुनुप¥यो नि । त्यसमाथि यहीँ नै विकासको सम्भावना पनि छ । तपाईंमा उद्यमशीलताको योग्यता छ भने पूँजीले तपाईंलाई पछ्याउँछ । आज हामी ३० ओटाभन्दा बढी देशमा वाइवाइको काम गरिरहेका छौं, ती सबै ठाउँमा वाइवाइमा लगानी गर्न चाहने मानिसहरूको लाइन छ । हामीले विभिन्न मुलुकमा होटलमा काम गरिरहेका छौं, आप्mना ब्राण्ड र अरूका ब्राण्डमा पनि । हामीसँग अहिले कोसँग मिलेर काम गर्ने कोसँग नमिल्ने भन्ने विकल्प छ । त्यो विश्वसनीयता हामीले अन्तरराष्ट्रिय बजारमा आर्जन गरेका छौं । त्यसैले लगानी यहाँ प्रमुख कुरा होइन ।
मैले यहा उठाउन खोजेको कुरा विनोद चौधरी एउटा अन्तरराष्ट्रिय रूपमै ख्यातिप्राप्त अर्बपति उद्योगपति हो भनेर कहिले भन्न सकिएला भन्ने हो ।
विनोद चौधरी त एउटा अनुहारमात्रै हो । तर, यो सीजी ग्रूप नेपालको अर्बपतिका रूपमा आयो कुनै दिन भने मैलेमात्रै होइन, तपाईंले पनि गर्व गर्नुहुनेछ । र, त्यो दिन आउनेछ भनेर म पूर्ण विश्वस्त छु ।
तपाईंले नै के स्वीकार्नुभएको छ भने चुरोट र ब्रुअरी सफल हुन सकेनन्, के कारण होला ?
ब्रुअरीको त्यो अवस्था रहेन, त्यो आजका दिनमा आइपुग्दा निकै सफल भइसक्यो । तर, शुरूमा राम्रो हुन नसकेको पनि सत्य नै हो । चुरोटको जहाँसम्म प्रश्न छ, एकातिर किन हो हामीमा पनि त्यसलाई दिनुपर्ने जति प्राथमिकता दिने मनै भएन । अर्कातर्फ हामीले चुरोट उद्योगमा गरेका प्रयोगहरू पनि सफल भएनन् । तर, मानिसले आँटेका र गरेका सबै कुरा सफल हुनुपर्छ भन्ने पनि छैन । तर, अझै पनि हाम्रो समूह यसमा लागिरहेको छ, कुनै न कुनै दिनमा यसलाई सफल पारेरै छोड्छौं ।
दशकौंदेखि स्थापित ब्राण्ड चौधरी ग्रूपलाई किन सीजीमा बदल्नुभयो ?
यो एउटा ब्राण्डिङ हो । सीजी भन्ने शब्द जसरी सजिलैसँग मानिसको जिब्रोमा बस्छ नि, ‘चौधरीज’भन्दा त्यस्तो हुँदैन । अलिकति जिब्रो बटार्नुपर्छ । वास्तवमा भन्ने हो भने चौधरीज भन्ने ब्राण्ड नै बन्न सकेन । हाम्रा हरेक उत्पादनका प्याकेटमा चौधरीज भन्ने लोगो आउँथ्यो । तर, त्यो कहिल्यै पनि मानिसका मुखमुखमा बस्न सकेन । अचेल चौधरीज कसैले भन्दै भन्दैन, सबैले सीजी नै भन्छन् ।
खासमा तपाईंले भ्याट प्रकरणमा ग्रूपको साख मुछिएपछि त्यसलाई क्लिनअप गर्न रातारात त्यसो गर्नुभयो भनेर सबैले भन्छन् नि हो ?
सीजी ब्राण्ड लञ्च भएको दशौं वर्ष भइसक्यो, भ्याट बिल प्रकरण सार्वजनिक भएको २÷३ वर्षमात्रै भएको छ । सीजी र भ्याटसँग कुनै सम्बन्ध छैन । र, म अहिले पनि भन्छु, भ्याट भनेको नितान्त राजनीतिक उद्देश्य पूर्तिका लागि ल्याइएको प्रोपोगण्डा थियो, त्यो प्रकरण भरतमोहनजीलाई अर्थमन्त्रीबाट हटाउनका लागि त्यही पार्टीभित्रैबाट भएको षडयन्त्रको एउटा घटना हो । त्यो घटनामा धेरै मानिस प्रयोग भए । स्वयम् रामेश्वर खनाल पनि त्यसमा प्रयोग हुनुभयो, एउटा पत्रिकाले त हेडलाइन नै छापेको थियो । मलाई लाग्छ, तपाईंहरूले पनि नक्कली भ्याट बिल प्रकरणमा रामेश्वर खनालको राजीनामा अनुचित थियो भनेर लेख्नुभयो । त्यसैमा मलाई पनि फसाउने काम भयो । नक्कली भ्याट बिलबाट ठगी भएको कुरा त्यो प्रकरण सार्वजनिक भएको बेलाभन्दा ६ वर्ष अघिदेखि नै चलेको थियो भन्ने पनि आयो । अहिले पनि भ्याटमा त्यस्तै घटना भइरहेका छन् भन्ने आइरहेको छ । नक्कली भ्याट बिल प्रकरण भरतमोहन अधिकारी, विनोद चौधरी र रामेश्वर खनाल मात्रै जोडिएको विषय भएको भए आज त्यस्ता घटना किन रोक्न नसकिएको त ? त्यसरी एउटा अमुक व्यक्तिलाई एउटा परिस्थितिमा किन तानेर ल्याइयो, त्यसपछाडिका रहस्य खोज्नु आजको आवश्यकता हो ।
आफू एफएनसीसीआईको अध्यक्ष हु“दा चुनावी राजनीतिमा जिल्लालाई ५० प्रतिशत भोटको अधिकार दिलाएको दाबी गर्नुभएको छ । तर, सीएनआईले किन जिल्लाबाट केही गर्न सकेन वा गरेन ?
हो, मैले विधान नै संशोधन गरेर जिल्लालाई ५० प्रतिशत भोटको अधिकार दिलाएँ । मैले छोडेको एक कार्यकालपछि नै जिल्लाबाट आएको मानिस महासङ्घको अध्यक्ष पनि बन्यो । सीएनआईमा पनि मैले राम्रै गरिरहेको छु । भर्खरै नयाँ नेतृत्व आएको छ । जिल्लामा पनि हामी गइरहेका छौं । हामी राजनीतिक प्रयोजनका लागि ७५ वटै जिल्लामा शाखा खोल्ने पक्षमा छैनौं । सीएनआई मूलतः मुलुकको उद्योग क्षेत्रलाई प्रतिनिधित्व गर्ने निकाय हो । जहाँ उद्योग नै छैन, त्यहाँ यसको शाखा विस्तार गर्नुको आवश्यकता पनि छैन । उद्योग भएका जिल्लाहरूमा हामी गइरहेका पनि छौं ।
तपाईंले दशौं वर्षसम्म एउटा सार्वजनिक सङ्गठन सीएनआईको अध्यक्ष हुन अरूलाई दिनुभएन, त्यसैकारण हिजो तपाईंलाई साथ दिएर आएका जगदीश अग्रवाल, राजेन्द्र खेतानजस्ता मानिसलाई तपाईंले कुनै हालतमा नेतृत्वमा आउन नदिने सङ्केत देखिएपछि उनीहरूले सीएनआई छाडे । र, अहिले पनि तपाईंले आफ्ना एक विश्वासपात्रलाई अध्यक्ष बनाएर सीएनआईमा हु“दै नभएको चेयरम्यान एमेरेटस भन्ने पद सृजना गरेर बस्नुभएको छ भन्ने आरोप पनि छ । यसमा के भन्नुहुन्छ ?
यो प्रश्न मलाई सोध्नुभन्दा पनि सीएनआईका वर्तमान अध्यक्ष र पदाधिकारीहरूलाई नै सोध्नु उचित हुन्छ । कुनै पनि प्रतिनिधिमूलक संस्थामा एक जनाको निर्णयले काम गर्दैन । यसपालि पनि मलाई सीएनआई छोड्नका लागि दबाब थियो कि बस्नका लागि दबाब थियो, त्यो पनि उहाँहरूसँग सोध्नुभए हुन्छ । अहिले पनि बाहिरका मानिसहरूले तपाईंले छोड्यो भने यो संस्था बिग्रन्छ भनिरहेका छन् । यो कुरा अहिले अध्यक्षलगायतले पनि भनिरहेका थिए । त्यस विषयमा तपाईंले छुट्टै स्टोरी गर्नुभए हुन्छ ।
तपाईंले नेपाल वायुसेवा निगमको सञ्चालक हु“दाको प्रसङ्ग कोट्याउनुभएको छ, पछिल्लो समय तपाईंले यसलाई पीपीपीमा सञ्चालन गर्नुपर्छ पनि भन्नुभएको थियो । निगममा लगानीका लागि तपाईं पनि इच्छुक हो ?
अब त त्यो इच्छा पनि हराएर गयो । अब कुनै पनि निजी लगानीकर्ताले नेपाल वायुसेवा निगममा लगानी गरेर त्यसलाई सकारात्मक बाटो देखाउन सक्छ भनेर पनि मलाई विश्वास छैन । त्यो संस्था यति बिग्रिसक्यो कि अब त्यसमा सुधार ल्याउन निकै गाह्रो हुन्छ ।
एमालेले प्रस्ताव गरेर पनि राष्ट्रियसभाको सदस्य नबनाएको तर पछि संविधानसभाको सदस्य भने बनाएको प्रसङ्ग उल्लेख गर्नुभएको छ । संविधानसभामा रहेर निजीक्षेत्रलाई के योगदान गर्नुभयो त ? तपाईं रहेको अर्थ तथा श्रम सम्बन्ध समितिले श्रम ऐन, सेज ऐन त पारित गराउन सकेन नि ?
संविधानसभा कति सफल भयो कति सफल भयो कति भएन भन्ने कुराको मूल्याङ्कन इतिहासले पछि गर्ला । तर, हामी निजीक्षेत्रका प्रतिनिधि संविधानसभामा जुन प्रयोजनका लागि गएका थियौं, त्यसमा हामी शतप्रतिशत सफल भयौं । उदाहरणका लागि संविधानसभामा दुई तिहाइभन्दा बढी बामपन्थीको प्रतिनिधित्व थियो । खेत कस्को जोत्नेको, घर कस्को पोत्नेको, कारखाना कस्को कामदारको भन्ने नारा लगाएका आएका उग्र पार्टीहरूको त्यहाँ बहुमत प्रतिनिधित्व थियो । त्यही किसिमका उट्पट्याङ व्यवस्था संविधानमै हुने पो हो कि भन्ने डर मानिसलाई थियो । त्यस किसिमको अवस्थालाई सन्तुलित ढङ्गबाट अघि बढाउने अभिभारा बोकेर हामी त्यहाँ गएका थियौं । वास्तवमा हामी त्यसो हुन नदिन सफल पनि भयौं । संविधानसभाका विभिन्न समितिले पारित गरेका प्रतिवेदनहरू हेर्नुभयो भने कुनै पनि स्थानमा त्यस्ता उट्पट्याङ कुरा छैनन् । त्यो सबै हाम्रै प्रयासका कारण सम्भव भएको हो । दोस्रो, संविधानसभाका सबै समितिमध्ये सबैभन्दा पहिले प्राकृतिक स्रोत तथा राजस्वको बाँडफाँट समितिले प्रतिवेदन बुझायो । त्यो एउटामात्रै रिपोर्ट थियो, त्यो सर्वसम्मतिबाट बनेको थियो । उद्योगी व्यापारीको उपस्थितिका कारण त्यसो भएको हो ।
नेपालीले विदेशमा लगानी गर्न पाउने कानूनी व्यवस्था गर्न सकेको भए त्यसलाई निकै सकारात्मक मान्नुहुन्थ्यो । तपाईं एउटा ठूलो पार्टीमा आबद्ध पनि हुनुभयो, संसद्मा पनि पुग्नुभयो । तर, मुलुकको कानूनले रोकेको काम गरेर गर्वित हुनु त्यति उपयुक्त हो र ?
विदेशमा लगानी गर्न खोलिदिनुपर्छ भन्ने विषयमा सबै सरोकारवालाको सहमति छ । राष्ट्र बैङ्कले विभिन्न समयमा मौद्रिक नीतिहरूमा त्यससम्बन्धी कुनै नै कुनै व्यवस्था गरेको छ । विभिन्न विधेयकहरू बनेर पनि गए, त्यससम्बन्धी । तर, संसद्बाट विगत ३÷४ वर्षदेखि कुनै विधेयक पारित नै गर्न सकेको छैन । त्यसो हुँदा कानून बन्न सकेको छैन । जापान र अमेरिकामा पनि नेपालीले होटल, रेष्टुराँ उद्योगहरू खोलेका छन् । त्यसो हुँदा व्यावहारिक रूपमा पनि विदेशमा लगानी गर्ने विषयलाई सबैको समर्थन नै छ । कुनै नेपाली गैरआवासीय हुनु र नहुनु प्राविधिक विषयमात्रै हो । मुख्य कुरा, नेपालीले लगानी गर्नु हो । नेपालबासीले चाहिँ लगानी गर्न नपाउने, गैरआवासीय नेपालीले चाहिँ गर्न पाउने नियम भएपछि विनोदले वरुण र राहुल चौधरी जन्माउँदै जानुपर्ने भयो । आज कम्युनिष्ट पार्टीहरूले चाहँदाचाहँदै पनि आफ्नो नामबाट कुनै शब्द हटाउन नसकेजस्तै विदेशमा लगानी गर्न पाउने ऐनमा संशोधन गर्न नसकिएको हो । यसमा सबैले गर्व गर्न सक्नुपर्छ । यसलाई गैरकानूनी कामका रूपमा चित्रण नगर्नुहोला ।
तपाईं यति सफल उद्योगी बन्नुभएको छ । तर, सीजीले सोहीअनुसार समाजलाई खासै फिर्ता दिन सकेको छैन नि ? अथवा केही फाटफुटबाहेक सीएसआरमा खासै ठूलो योगदान गरेको छैन वा किताबमा सो उल्लेख नभएको हो ?
सबैभन्दा बढी सामाजिक व्यवसायमा संलग्न भएको समूहका रूपमा हामी आफूलाई लिन्छौं । त्यसमा पहिलो त हाम्रो समूहको ब्राण्डलाइन नै ‘टचिङ लाइफ एभ्रिडे’ भन्ने छ, जसको अर्थ हरेक दिन जीवनलाई छुनु भन्ने हुन्छ । सीएसआरका पनि विभिन्न तरीका हुन्छन् । दान दिनु एउटा तरीका हो । मानिसहरू र समाजलाई बहुतै अप्ठ्यारो परेको अवस्थामा सजिलो पारिदिनु अर्को तरीका हो । उदाहरणका लागि नर्भिक, एजुकेशन इन्टरप्राइजेजहरू । ती नभएका भए मानिसहरू गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुविधाबाट बञ्चित रहन्थे । कतिपय मानिस ती सुविधाका लागि बाहिर जानुपर्ने अवस्था आउँथ्यो । समाजसँग हातेमालो गर्नु सीजीको एउटा भाग नै हो । कतिलाई छूट दिइन्छ, कतिलाई छात्रवृत्ति दिइन्छ, त्यो उल्लेख गर्न चाहन्नँ । सक्नेसँग लिइन्छ, नसक्नेलाई दिइन्छ, यो सामान्य कुरा भयो । पछिल्लो समयमा हामीले नोबेल पुरस्कार विजेता बङ्गलादेशी प्राध्यापक मोहम्मद युनुसको युनुस सेण्टरसँग सामाजिक व्यवसाय कोष स्थापना गर्ने सम्झौतासमेत गरेका छौं । त्यसले व्यवसाय गर्न चाहने तर पूँजी नभएका नेपाली युवालाई व्यवसाय गर्न सघाउनेछ । त्यसैले समाजसँग हातेमालो गर्दै जाने आफ्नो जिम्मेवारीप्रति हामी पूर्ण रूपमा सतर्क र प्रतिबद्ध छौं ।
तपाईंको अनुभवको आधारमा नेपालमा व्यवसाय गर्न चाहने नया“ उद्योगीहरूलाई के सुझाव दिनुहुन्छ ?
नेपालमा अहिले उद्योगव्यापार गर्ने मानिसले के सोचेर आउनुर्छ भने अहिले उसले धेरै कठिनाइसँग जुध्नुपर्नेछ । तर, त्यसको पूरा पुरस्कार उसले समयक्रममा पाउँछ । किनकी नेपालमा सधैं यस्तै स्थिति रहँदैन, म आशावादी छु । नेपालमा सुधार हुनका लागि सबै क्षेत्रबाट दबाब सृजना भएको छ । उदाहरणका लागि अहिले बर्मामा जो मानिसहरू गएका छन्ु, त्यहाँ उनीहरूलाई फष्र्ट मुभर एडभाञ्टेज हुन्छ, भोलि त्यो नरहन सक्छ ।
अर्को आरोपमा के भनिन्छ भने चौधरी ग्रूपले आफ्नो कमिटमेण्ट पूरा गर्दैन । विभिन्न काम गरेका सप्लायरहरूले सीजीबाट पैसा पाउन धेरै नै पापड बेल्नुपर्दछ । त्यस क्रममा सयौं सप्लायरले आफूले काम गरेको पैसा माया मारेका छन् । सोल्टी होटलको कन्ष्ट्रक्शन गरेवापतको पैसा आफूले भुक्तानी नपाएको यो किताबमा लेखिएको छ । त्यही झोंकले त्यस्तो गर्नुभएको हो वा तपाईंलाई यस्ता झिनामसिना कुरा थाहा नहुने भएर हो ?
जिन्दगीमा पहिलोचोटि म आज यो कुरा सुन्दैछु । यदि त्यसो भएको भए चौधरी ग्रूपको यो यो इमेज बन्दैनथ्यो ।
No comments:
Post a Comment